२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीका युवराजको कोरोना भ्याक्सिन लगाएको तस्बिर र भिडियो सार्वजनिक भएपछि…

२०७७, १२ पुष आईतवार ११:५२

पुस १२, काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको खोप साउदी अरबका युवराज बिन–सलमानले लगाएका छन् । उनको कोरोना खोप लगाएको तस्बिर र भिडियो सार्वजनिक भएको केहि घन्टा भित्रै कोभिड भ्याक्सिनका लागि रजिस्टर गर्ने व्यक्तिको संख्या पाँच गुणा बढेको छ ।

साउदी अरेबियामा अहिले खोप अभियान जारी गरिएको छ । गत बिहिबारसम्म पाँच लाख मानिसहरुले भ्याक्सिनका लागि आवेदन दिएको स्वास्थ्यमन्त्री डाकटर तौफिक अल–रबिआले बताएका छन् । युवराजले कोरोना खोप लगाएको खबर सार्वजनिक भएपछि भ्याक्सिनका लागि रजिस्टर गर्ने व्यक्तिको संख्या पाँच गुणा बढेको र भ्याक्सिन लगाउनेको संख्या पनि तीन गुणा बढेको स्वास्थ्यमन्त्रीले जानकारी दिए ।

मन्त्रालयका अनुसार,हालसम्म साउदीमा १० हजार मानिसलाई कोरोना खोप दिइएको छ । त्यस्तै पछिल्लो समय कोरोना संक्रमणमा पनि कमि आएको बताइएको छ। तर प्रिभेन्टिभ मेडिसिनका सहायक उप–मन्त्री डाक्टर अब्दुल्लाह आसिरीले भाइरस एक ठूलो खतरा भएको  चेतावनी दिएका छन् ।

साउदीमा हालसम्म ३ लाख ६२ हजार ६६ जनामा अकोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ३ लाख ५३ हजार ४ जना संक्रमण  मुक्त भइसकेका छन् । ६,१७६ जनाले उक्त भाइरसका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ