३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीका युवराजको कोरोना भ्याक्सिन लगाएको तस्बिर र भिडियो सार्वजनिक भएपछि…

१२ पुष २०७७, आईतवार ११:५२

पुस १२, काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको खोप साउदी अरबका युवराज बिन–सलमानले लगाएका छन् । उनको कोरोना खोप लगाएको तस्बिर र भिडियो सार्वजनिक भएको केहि घन्टा भित्रै कोभिड भ्याक्सिनका लागि रजिस्टर गर्ने व्यक्तिको संख्या पाँच गुणा बढेको छ ।

साउदी अरेबियामा अहिले खोप अभियान जारी गरिएको छ । गत बिहिबारसम्म पाँच लाख मानिसहरुले भ्याक्सिनका लागि आवेदन दिएको स्वास्थ्यमन्त्री डाकटर तौफिक अल–रबिआले बताएका छन् । युवराजले कोरोना खोप लगाएको खबर सार्वजनिक भएपछि भ्याक्सिनका लागि रजिस्टर गर्ने व्यक्तिको संख्या पाँच गुणा बढेको र भ्याक्सिन लगाउनेको संख्या पनि तीन गुणा बढेको स्वास्थ्यमन्त्रीले जानकारी दिए ।

मन्त्रालयका अनुसार,हालसम्म साउदीमा १० हजार मानिसलाई कोरोना खोप दिइएको छ । त्यस्तै पछिल्लो समय कोरोना संक्रमणमा पनि कमि आएको बताइएको छ। तर प्रिभेन्टिभ मेडिसिनका सहायक उप–मन्त्री डाक्टर अब्दुल्लाह आसिरीले भाइरस एक ठूलो खतरा भएको  चेतावनी दिएका छन् ।

साउदीमा हालसम्म ३ लाख ६२ हजार ६६ जनामा अकोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ३ लाख ५३ हजार ४ जना संक्रमण  मुक्त भइसकेका छन् । ६,१७६ जनाले उक्त भाइरसका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट