2026-07-25 12:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको नयाँ प्रकार दक्षिण कोरियामा पनि भेटियो,विश्वका यी १३ देशमा फैलियो

पुस १३, काठमाडौँ। विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको खोप प्रयोगमा आउने बितिक्कै उक्त भाइरसको नयाँ स्वरूप फेला परेको छ । सर्वप्रथम बेलायतमा देखापरेको भाइरसको नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि देखिएको छ ।

डिसेम्बर २२ मा लण्डनबाट आएका व्यक्तिमा उक्त भाइरसको संक्रमण देखिएको कोरियाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीले जनाएको छ । दक्षिण कोरियामा पछिल्लो समय २४१ बाट घटेर आइतबार ८०८ जना मात्रै कोरोना संक्रमण देखिएको छ।

दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या १० लाख ४ हजार ४ सय ४३ पुगेको जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक छ । बेलायत,दक्षिण कोरिया, दक्षिण अफ्रिकामा पनि उक्त भाइरसको संक्रमण फैलिसकेको छ ।

हाल अस्ट्रेलिया, डेनमार्क, क्यानडा, फ्रान्स, इटाली, जापान, जोर्डन, लेवनान, नेदलल्याण्ड्स, नाइजेरिया, सिंगापुर, स्पेन, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्वीडेन र बेलायतमा तिन प्रकारको नयाँ कोरोना संक्रमण देखिएको छ ।

सबैभन्दा पहिले डिसेम्बर १४ मा बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएको थियो । हाल विश्वका ४० भन्दा बढी देशहरुले बेलायत यात्रामा प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक