पुस १४, काठमाडौं । नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै विभिन्न देशहरुले यात्रामा लगाइएको प्रतिबन्धका कारण समस्यामा परेका पर्यटकहरुका लागि संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसाको म्याद एक महिना थप्ने भएको छ |
सोमबार यूएईका प्रधानमन्त्री शेह मोहम्मद बिन राशिद अल मखतुमले प्रतिबन्धको कारण समस्यामा परेका पर्यटकहरुका लागि विना कुनै शूल्क पर्यटक भिसाको म्याद एक महिना थप गर्न आदेश दिएका हुन् | उनको आदेश संगै यूएई आउने सबै पर्यटकहरुको भिसा एक महिनाको लागि बढाइएको छ |
बेलायतमा देखापरेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार सबैतिर फैलिन थालेपछि अहिले विभिन्न मुलुकले हवाई उडानमा प्रतिबन्ध लगाएका हुन् | यूएको भ्रमणमा रहेका पर्यटहरुलाई कुनै समस्या नहोस भन्नकालागि उक्त निर्णय गरिएको सरकारको भनाइ छ |