३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरियामा ३७ सैनिक मारिएका आइएसको दाबी

१७ पुष २०७७, शुक्रबार ०९:५६

पुस १७,काठमाडौँ । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । 

पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गईरहेका सरकारी सेना चढेको बसलाई जिहादी समूहले गरेका एम्बुस आक्रमणमा कम्तीमा ३७ सैनिक मारिएका सिरियाको लागि मानव अधिकारबादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । 

मारिएका यी सेनाहरुमा  ८ जना अधिकृत स्तरका रहेका छन् । यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका जनाइएको छ । सिरियमा सन् २०११ को मार्च महिना यहाँका राष्ट्रपति बसर अल असदको राजिनमाको माग गर्दै जनआन्दोलन  शुरु भएको थियो । 

केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा अल कायदा,आइएस जस्ता आतङ्ककारी समूह हावी हुदै गए । जारी यस युद्धमा सो समयदेखि हालसम्म ३ लाख ८७ हजार व्यक्तिको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

यस युद्धमा १ लाख ३० हजार भन्दा बढी सरकार समर्थक लडाकू मारिएका छन् भने १ लाख १७ हजार सर्वसाधारणको मृत्यु भएको छ । यस युद्धको क्रममा लाखौंको संख्यामा सर्वसाधारण आफ्ना देशमा विस्थापित हुनुको साथै  र विदेशमा शरणार्थीको जीवन यापन गरिरहेका छन् । ( रासस-एएफपी) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट