२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले महाकाली मिचेर बाँध बाँध्दै

१९ पुष २०७७, आईतवार ०२:२२

पुस १९, काठमाडौं । दार्चुला । महाकालीको बाढीले २०७० मा दार्चुला सदरमुकामका १ सय ५६ घर बगाएको थियो। बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले माइकिङ गरेर रोकेको थियो। नेपालले खोलाको किनारभन्दा सरदर सय मिटर वरै तटबन्ध बनाइरहेको थियो। भारतको आपत्ति थियो– ‘सीमा नदीमा आफूखुसी तटबन्ध बनाउँदा हाम्रो भूभाग डुब्न सक्छ। बनाउने भएर अलि परैबाट बनाउनू।’

नेपालले तटबन्ध अझ वर सा¥यो। तर, त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी नै पुर्दै तटबन्ध बनाइरहेको छ। त्यही पनि बाढीपूर्वको नेपाली भूभागमा। दार्चुला जिल्ला प्रशासनले उक्त निर्माण कार्य रोक्न भारतको धारचुला पिथौरागढका उपजिल्ला अधिकारीलाई पुस २ गते पत्राचार गरेको थियो। तर, निर्माण निरन्तर चलिरहेको छ। नदीतर्फ ढुंगामाटो खसाल्दै डोजरहरू चलिरहेका छन्।

‘भारतको एसडीएमलाई पत्राचार भइसकेको हो। उसले पत्रको वास्ता नगरी संरचना बनाइरहेको छ’, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, ‘सीमा नदीमा बिनासमन्वय काम गर्नुहँुदैन। भारतले काम गरिरहेको छ भन्ने कुरा मैले नेपाल सरकारलाई पनि जानकारी गराइसकेको छु। बाँकी अब परराष्ट्र मन्त्रालयको पत्र कुरिरहेका छौं।’ गृह र परराष्ट्र मन्त्रालयलाई पुस २ गते नै पत्राचार गरिसकेको र परराष्ट्रबाट आफूलाई जानकारी प्राप्त नभएको पोखरेलले बताए।

‘प्रस्तुत विषयमा २०७० असार २ गते महाकाली नदीमा अविरल वर्षापछि आएको बाढीले नेपाल–भारत सीमा नाका वारिपारि रहेको क्षेत्र कटान गरी कतिपय क्षेत्रमा पानीको बहावका कारण नदी किनार रहेको सीमा नाका क्षेत्रको भौगोलिक स्वरूप परिवर्तन भएको’, सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ, ‘सो सम्बन्धमा यस जिल्लाको महाकाली नगरपालिका–५ गल्फै क्षेत्र भौरादगड, महाकाली नदी किनार रहेको जिल्ला अस्पताल दार्चुलाको सीमापारि भारततर्फ हाल सुरक्षा÷चेक वाल बाँध बनिरहेको स्थान महाकाली नदीमा बाढीपूर्व साविक नेपालतर्फकै भूमि रहेको।’

तर, हाल उक्त स्थानमा एस्काभेटर, जेसीबी आदि उपकरणबाट उत्खनन गर्न थालेको देखिएको पत्रमा उल्लेख छ। ‘नेपाल पक्षसँग आवश्यक समन्वयबिना उक्त वाल महाकाली नदी किनारमा बनाउन लागिएको निर्माण कार्यलाई यथाशीघ्र रोक्न हुन जानकारीका लागि आदेशाअनुसार अनुरोध छ’, पत्रमा छ। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पनि सोही दिन यसबारे पत्राचार गरेको थियो।  त्यहाँ सय हाराहारीमा कामदार खटिएको जनाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुन्दरसिंह धामीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान