२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले अस्थायी यात्रा प्रतिबन्ध हटायो, उडानहरू पुनः सुचारू

२०७७, १९ पुष आईतवार ०२:३९

पुस १९, काठमाडौँ | साउदी अरेबियाले गत डिसेम्बरमा लगाएको अन्तर्राष्ट्रिय उडानहरूमा अस्थायी प्रतिबन्ध समाप्त गरेको छ । साउदी अरबले धेरै देशहरूमा परिवर्तित प्रकारको कोविड-१९ फेला पारेपछि सावधानीका रूपमा गत डिसेम्बरमा लगाइएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको जानकारी साउदीको आन्तरिक मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ ।

साउदी प्रेस एजेन्सी (एसपीए) द्वारा जारी विज्ञप्तिमा बिहीबार बिहान ११ बजेदेखि हवाई, जमिन र समुद्री मार्गबाट ​ साउदी प्रवेश गर्न खुला हुने कुरा मन्त्रालयले जनाएको छ । साउदीले ब्रिटेन, दक्षिण अफ्रिका र कोविड -१९ भेरियन्ट पत्ता लगाइएको अन्य देशहरूबाट आएका गैर-साउदीहरू लगायतलाई भने कम्तिमा १४ दिन क्वारेन्टाइन बस्नपर्ने नियम बनाएको छ । 

साउदी नागरिकहरूले अनि अत्यावश्यक अवस्थामा मात्र साउदी प्रवेश पाउने छन्, नयाँ कोविड-१९ को नयाँ संस्करण फैलिएका देशहरूबाट आएका साउदी नागरिकहरुले भने १४ दिन होमक्वारेन्टाइनमा बस्नु पर्छ।

फ्रान्स, स्विडेन र स्पेनलगायत युरोपियन मुलुकहरूमा पहिलो पटक युकेमा पत्ता लागेको नयाँ संस्करणको कोरोना भाइरसहरु पत्ता लागेको छ । यो दक्षिण अफ्रिका, जोर्डन, क्यानडा र जापानमा पनि पत्ता लागेको छ ।

वर्तमान अवस्थामा साउदीले उच्च जोखिममा रहेकाहरुलाई कोरोना बिरुद्धको खोप दिने काम गरिरहेको छ । सनिबार साउदीको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १०१ जना मात्र नयाँ संक्रमित भेटिएका छन् ।

डिसेम्बर २०१९ मा चीनको वुहानमा कोविड १९ पहिलो पटक पत्ता लागेदेखि हालसम्म साउदीमा कुल तीन लाख ६२ हजार ४८८ व्यक्ति संक्रमित भएका छन् । 

हाल साउदीमा कुल संक्रमित मध्ये दुई हजार ७७२ जना सक्रिय संक्रमित छन् । जसमध्ये ४०१ जना गम्भीर अवस्थामा छन् । साउदीमा जनवरी १ सम्ममा संक्रमित मध्ये छ हजार २३० जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली