३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले अस्थायी यात्रा प्रतिबन्ध हटायो, उडानहरू पुनः सुचारू

१९ पुष २०७७, आईतवार ०२:३९

पुस १९, काठमाडौँ | साउदी अरेबियाले गत डिसेम्बरमा लगाएको अन्तर्राष्ट्रिय उडानहरूमा अस्थायी प्रतिबन्ध समाप्त गरेको छ । साउदी अरबले धेरै देशहरूमा परिवर्तित प्रकारको कोविड-१९ फेला पारेपछि सावधानीका रूपमा गत डिसेम्बरमा लगाइएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको जानकारी साउदीको आन्तरिक मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ ।

साउदी प्रेस एजेन्सी (एसपीए) द्वारा जारी विज्ञप्तिमा बिहीबार बिहान ११ बजेदेखि हवाई, जमिन र समुद्री मार्गबाट ​ साउदी प्रवेश गर्न खुला हुने कुरा मन्त्रालयले जनाएको छ । साउदीले ब्रिटेन, दक्षिण अफ्रिका र कोविड -१९ भेरियन्ट पत्ता लगाइएको अन्य देशहरूबाट आएका गैर-साउदीहरू लगायतलाई भने कम्तिमा १४ दिन क्वारेन्टाइन बस्नपर्ने नियम बनाएको छ । 

साउदी नागरिकहरूले अनि अत्यावश्यक अवस्थामा मात्र साउदी प्रवेश पाउने छन्, नयाँ कोविड-१९ को नयाँ संस्करण फैलिएका देशहरूबाट आएका साउदी नागरिकहरुले भने १४ दिन होमक्वारेन्टाइनमा बस्नु पर्छ।

फ्रान्स, स्विडेन र स्पेनलगायत युरोपियन मुलुकहरूमा पहिलो पटक युकेमा पत्ता लागेको नयाँ संस्करणको कोरोना भाइरसहरु पत्ता लागेको छ । यो दक्षिण अफ्रिका, जोर्डन, क्यानडा र जापानमा पनि पत्ता लागेको छ ।

वर्तमान अवस्थामा साउदीले उच्च जोखिममा रहेकाहरुलाई कोरोना बिरुद्धको खोप दिने काम गरिरहेको छ । सनिबार साउदीको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १०१ जना मात्र नयाँ संक्रमित भेटिएका छन् ।

डिसेम्बर २०१९ मा चीनको वुहानमा कोविड १९ पहिलो पटक पत्ता लागेदेखि हालसम्म साउदीमा कुल तीन लाख ६२ हजार ४८८ व्यक्ति संक्रमित भएका छन् । 

हाल साउदीमा कुल संक्रमित मध्ये दुई हजार ७७२ जना सक्रिय संक्रमित छन् । जसमध्ये ४०१ जना गम्भीर अवस्थामा छन् । साउदीमा जनवरी १ सम्ममा संक्रमित मध्ये छ हजार २३० जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट