पुस १९, काठमाडौँ | प्रधानमत्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहले गुटको भेला मात्रै गरेको बताएका छन् | उनले आइतबार काठमाडौँमा अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्ड-नेपालले खुमलटारमा पार्टी फुटाउन २ सय ८० बैठक बसालेको बताएका हुन् |
उनले सरकारलाई अध्यक्ष पुष्पकम दाहाल 'प्रचण्ड' -माधव कुमार नेपाल पक्षले काम गर्न नदिएको बताएका छन् | सरकारको बदनाम गर्ने काम मात्रै गरेको बताउंदै उनले भने, "नेकपाका ३१५ वटा बैठक मध्ये २८० बैठक खुमलटारमा मात्रै बसेका हुन् |"
उनले नेपालको नक्सा छापेको प्रचण्ड-नेपाल पक्षले बिरोध गरेको बताए |