पुस २१, काठमाडौँ | नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ माघ २ बाट आउने भएको छ | बैंकले प्रतिकित्ता एक सय रुपैयाँको दरले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर निष्काशन गर्ने भएको हो | कर्मचारीको लागि १ लाख ६० हजार र सामुहिक लगानी कोषलाई ४० कित्ता छुट्याईएको छ |
बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणले आवेदन दिन पाउने छन् | बैंकका अनुसार माघ मध्य सम्म आइपिओ बाडफाँड गर्ने तयारी भएको छ | बैंकले पुस १० गते नेपाल धितोपत्र बोर्डबाट आइपिओ निष्काशन अनुमति पाएको थियो |
पूर्वाधार क्षेत्रमा लगानी गर्ने उदेश्यले स्थापना भएको बैंकमा हालको चुक्ता पुँजी १२ अर्ब छ भने आईपीओ जारी पछि २० अर्ब पुग्नेछ |