2026-07-24 09:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्जियामा चुनावी सरगर्मी बढ्यो, बाइडेनको अग्निपरीक्षा

पुस २१, एटलान्टा | अमेरिकाको जर्जिया राज्यमा मङ्गलबार सिनेटका लागि मतदान हुँदैछ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनको पहिलो दुई वर्षे कार्यकालको सफलतासँग पनि यो चुनाव जोडिएकाले रिपब्लीकन र डेमोक्रेट दुबै पार्टीका लागि महत्वपूर्ण मानिएको छ । यस राज्यमा राष्ट्रपति र सिनेट दुबैमा रिपब्लीकन पार्टीले विगत २० वर्षदेखि चुनाव जित्दै आएको छ । तर यस पटक जर्जिया राज्यले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनलाई मतदान गरेको छ । 

अमेरिकी सिनेटको इतिहासमै जर्जियामा यसपटक रिपब्लीकन र डेमोक्रेट दुबैले सबैभन्दा बढी रकम खर्च गर्दैछन् । निर्वाचन अधिकारीहरुका अनुसार मतदान स्थानीय समय अनुसार मंगलबार बिहान ७ बजेदेखि शुरु हुनेछ । यस राज्यमा करिब ३० लाख व्यक्तिले मतदान गरिसकेका निर्वाचन अधिकारीले बताएका छन् । यस राज्यको अन्तिम, आधिकारिक मत परिणाम प्राप्त गर्न केही दिन लाग्ने अनुमान गरिएको छ । 

यस राज्यमा निर्वाचन अभियानको विज्ञापनका लागि मात्र उम्मेदवारहरुले ५० करोड डलर खर्च गरिसकेका छन् । रिपब्लीकन र डेमोक्रेटिक दुबै पार्टीका हजारौं स्वयंसेवीले राज्यका सबैजसो घरदैलोमा पुगेर मतदातालाई आफ्नो दललाई समर्थन गर्न आह्वान गरिरहेका छन् । 

चुनावमा आफ्ना समर्थकलाई विजयी गराउन राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति–निर्वाचित जो बाइडेन दुबै सक्रियतापूर्वक लाग्नु भएको छ । 

एटलान्टामा आयोजित चुनावी सभामा बाइडेनले जर्जियाली जनतालाई अर्को चार वर्षका लागि मात्र नभएर अर्को पुस्ताका लागि मतदान गर्न आग्रह गर्नुभयो ।जर्जियामा रिपब्लीकनका तर्फबाट सिनेटर केल्ली लोफलर र डेभिड पर्ड्यु तथा डेमोक्रेट पार्टीका तर्फबाट राफेल वार्नक र जोन ओसोफ प्रतिस्पर्धामा हुनुहुन्छ । गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत अर्थात ५० वा सोभन्दा बढी प्रतिशत मत नल्याएपछि दोस्रो चरणको चुनाव हुन लागेको हो ।-एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक