Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दाङमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २१, तुलसीपुर (रासस) । दाङको घोराहीस्थित नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–८ दुधेना निवासी ६८ वर्षीय टोपेन्द्र  पोखरेलको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा१झ १०२ नंको एम्बुलेन्सले रा४प १५६६ नंको स्कुटरलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको हो ।

दिउँसो २ः३० बजेतिर भएको दुर्घटनाबाट गम्भीर घाइते टोपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

दाङमा नदीजन्य पदार्थ उत्खनन खुल्ला

दाङमा नदीजन्य पदार्थ उत्खनन खुल्ला गरिएको छ । जिल्ला अनुगमन समितिको आज बसेको बैठकले विकास निर्माणको समयमा नदीजन्य पदार्थमा रोक लगाउँदा विकास अवरुद्ध भएको भन्दै खुलाउने निर्णय गरेको हो ।

बैठकले नदीजन्य पदार्थको उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ ले तोकेको मापदण्ड तथा सर्तहरुको अधीनमा रहेर पालिकाहरुले व्यवस्थापन गर्ने निर्णय गरेको अुनगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताउनुभयो ।

त्यसैगरी बैठकले लुम्बिनी प्रदेश सरकारले तोकेको प्राकृतिक स्रोत शुल्कलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले विगतमा लिँदै आएको शुल्कमा थप परिमार्जन गरेको छ ।