३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५० जना भन्दा धेरै यात्रु बोकेको जहाज उडेको केहीबेरमै बेपत्ता

२५ पुष २०७७, शनिबार १४:०५

पुस २५ जाकार्ता । इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ । पोन्टियानाकाका लागि उडेको  श्रीविजया एयरको बोइङ ७३७ जहाज केही समयपछि नै सम्पर्कविहीन भएको अधिकारीहरूले बताएको बिबिसीले जनाएको छ।

उडान सेवाबारे जानकारी दिने फ्लाइट राडार २४ डटकमका अनुसार जहाज उडेको एक मिनेटमा नै ३ हजार मिटरभन्दा बढी उचाइमा पुगेर सम्पर्कविहीन भएको उल्लेख गरेको छ ।

इन्डोनेसियाका अधिकारीहरूले जहाजको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् । स्थानीय समयअनुसार पछिल्लो पटक जहाजसँग १४:४० मा सम्पर्क भएको थियो । श्रीविजयाको यो जहाज २७ वर्ष पुरानो हो । जहाजका सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी रहेको इन्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन्।

पछिल्ला वर्षमा बोइङका ७३७ म्याक्स मोडलका दुईवटा विमान ठूला दुर्घटनामा परेका थिए। तीमध्ये पहिलो दुर्घटना सन् २०१८ को अक्टोवरमा इन्डोनेशियाको लायन एयरको उडानमा भएको थियो जसमा १८९ जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट