३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीएसएलको कुनै पनि टिममा अटेनन् नेपाली क्रिकेटर

२६ पुष २०७७, आईतवार १६:२८

पुस २६, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) का कुनै पनि फ्रेन्चाइज टिमले नेपाली खेलाडीलाई अनुबन्ध गरेनन् ।

लेग स्पीनर सन्दीप लामिछाने, कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्कासहित  १० नेपाली खेलाडी ड्राफ्टमा समावेश भएका थिए ।

सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमा थिए भने अरु ९ खेलाडी सिल्भर क्याटेगोरीमा थिए । तर आइतबार लाहोरमा भएको ड्राफ्टमा कुनै पनि फ्रेन्चाइजले नेपाली खेलाडीलाई रोजेनन् ।

सन्दीप समावेश प्लाटिनम क्याटेगोरीबाट क्रिस गेल, रासिद खान, क्रिस लिन, डेविड मिल्लर टम ब्यान्टम जस्ता खेलाडी पीएसलमा छनोट भएका छन् ।

ड्राफ्टमा नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल र अलराउण्डर पारस खड्का सहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख सिल्भर क्याटेगोरीमा समावेश थिए ।

हरेक टिमले कम्तीमा १६ र बढीमा १८ खेलाडी राखेका छन्, तर नेपाली खेलाडीहरू त्यसमा परेनन् । पीएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट