माघ Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

‘मुख स्वास्थ रहे अधिकांश रोगबाट बचिन्छ’

३ माघ २०७७, शनिबार १२:१९

माघ काठमाडौँ तपाइँ मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ ख्याल गर्नुस् है मानव शरीरभित्र करीब ९० प्रतिशत रोग मुख स्वास्थ्य अर्थात् दाँतजन्य समस्याका कारण हुने गरेको विज्ञहरु बताउँछन् मुख स्वास्थ्यको संवेदनशील दाँतको समस्यालाई सामान्य ठानेर हेलचेक्र्याँइ गरिए यसले अरु जटिल प्रकृतिका रोग निम्त्याउने गरेको त्यसैले दाँतको उपचार हेरचाहमा ख्याल गरेको खण्डमा अधिकांश रोग लाग्नबाटै बच्न सकिने चिकित्सकको भनाइ  


दाँतको उपचारसम्बन्धी सरकारी तथा निजीस्तरमा खुलेका थुपै्र स्वास्थ्य संस्था निकाय छन् तर दाँत उपचारका लागि कहलिएको निजी क्षेत्रको समाज डेन्टल हस्पिटलको गुणस्तरीय सेवा असहज परिस्थितिमा पनि गरिने उपचारले अस्पतालको सेवालाई अझ प्रभावकारी सान्दर्भिक बनाएको  

विश्वव्यापीरुपमा फैलिएको कोभिड प्रत्यक्ष मुख स्वास्थ्यसँग जोडिएको विषय पनि हो महामारी सर्ने डरले अहिले पनि धेरै दाँतका बिरामी उपचारका लागि पुग्न सकेका छैनन् कोभिड मुख, नाँक आँखाबाट सर्ने भएकाले पनि दाँतको समस्या आइहाले पनि कोभिड सर्ने डरले अहिले पनि धेरै बिरामी घरमै छन् समयमा नै उपचार गर्न नपाए उनीहरुको समस्या थप जटिल बन्दै जानेमा विज्ञको चिन्ता दाँतको उपचार भन्नासाथ मुख स्वास्थ्यसँग जोडिएकाले स्वभाविकरुपमा आम सर्वसाधरण अहिलेको महामारीमा त्रसित हुन्छन् नै तर अलिकति सावधानी अपनाएर उपचार गरिएको दीर्घकालीन जटिल समस्याबाट छुटकारा पाइने उनीहरुको धारणा

 

समाज डेन्टल हस्पिटलका संस्थापक अध्यक्षसमेत रहेका वरिष्ठ दन्तरोग विशेषज्ञ डा सुवास घिमिरेले कोभिड कहरमा पनि अस्पताल जान नसक्ने विभिन्न बाध्यतामा परेका बिरामीको घर, टोल, समुदायमा पुगेर उपचार सेवा दिलाउनुभयो जटिल प्रकारका बिरामीले पनि यो सेवाबाट लाभ लिए कतिपय डर, त्रासले पनि अस्पताल गएनन् भने केहीले उपचारको मेसो नपाएर पनि हैरानी बेहोरेका बिरामीलाई डा घिमिरे विपद्को सारथी बन्नुभयो दाँतको घुम्ती उपचारका रुपमा उपकरण स्रोत साधन जडित एम्बुलेन्ससहित घरघरमा गएर उपचार गर्नुभयो

महामारी नियन्त्रणका लागि विसं २०७६ चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरिएको थियो करीब महिनापछि बन्दाबन्दी खुलेको थियो कोभिडको सङ्क्रमण दर उच्च थियो बिरामी डराउने वातावरणमा आम मानिसको बुझाइ फरक थियो नै चिकित्सक पनि त्रसिद हुने अवस्था थियो असहज परिस्थितिमै उहाँले अभियान सञ्चालन गर्नुभयो  

असहज अवस्थामा समस्यामा परेका कतिपय बिरामीलाई घरघरमै पुगेर उपचार गरिएको उहाँले बताउनुभयो उहाँले भन्नुभयो, “डाक्टर पनि कोभिडका बिरामी देखेर भाग्ने अवस्था थियो हामी संवेदनशील भएर मुख स्वास्थ्य महत्वपूर्ण , प्रमुख द्वार हो जति पनि राम्रानराम्रा चिज खुमबाटै जान्छन् त्यसैले मुख स्वास्थ्यको केयर गर्नसके झण्डै ९० प्रतिशत रोग लाग्दैन मुख स्वास्थ्यको केयर गर्दा शरीर स्वास्थ्यको बोनस प्राप्त हुन्छ भन्नेबारे जनचेतना जगाउन हामी अभियानका साथ लागेका छौँ

मुखलाई मात्र केयर गर्नसके कोभिडबाट पनि बच्न सकिन्छ रोग प्रतिरोधात्मक क्षमताइम्युनिटी पावरकमजोर भएका मानिसलाई कोभिडले बढी चाप्ने भएकाले स्वास्थ्य सावधानी अपनाएको खण्डमा बच्न सकिने उहाँको भनाइ

अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्सका साथ घरघरमा गएर बिरामीको उपचार गरेको थियो बन्दाबन्दीको चार महिनाको अवधिमा करीब ७०० बिरामीको उपचार गरेको अस्पतालले कतिपय आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्क उपचार तथा औषधि वितरण गरिएको डा घिमिरेले जानकारी दिनुभयो


कोभिड हावाबाट नभई छुकको छिद्रा, खकार सिँगानबाट सर्ने रोग भएकाले पर्याप्त जनचेतनाका साथै मास्कको प्रयोग सेनिटाइजरको उपयोग सही ढङ्गले गरिए यसको जोखिमबाट बचिने उहाँको भनाइ उहाँले बाहिर निस्कँदा, भिडभाड, बजारतिर जाँदा अनिवार्य मास्क लगाउनुपर्ने सुझाउनुभयो कोभिड थुकबाट सर्च भने मास्क फेस सिल्ड लगाउनुप¥यो हामीले दाँतको उपचार गर्दा बिरामीको खुला मुखमा उपचार गर्नुपर्छ त्यसैले डाक्टरले स्वास्थ्य सुरक्षाका उपायसहित उपचार गरियो

कोभिडबाट बच्न तथा मुख स्वास्थ्य मानव स्वास्थ्यको रक्षाका लागि नियमितरुपमा योगा अभ्यास, खानपिनमा ध्यान दिने, तारेका खानेकुरा नखान तथा चिनीको मात्रा कमगरी भरसक तातोपानीको प्रयोग गरी घाम ताप्ने जस्ता प्रक्रिया अपनाउँदा स्वस्थ्य शारीरिक लाभ हुने उहाँको भनाइ

बन्दाबन्दीको अवधिमा समाज अस्पतालले निरन्तर नियमितसरह उपचार गरेको थियो सुविधासम्पन्न एम्बुलेन्समार्फत उपत्यकाका विभिन्न स्थानमा दाँतको उपचार गरिएको अस्पतालले जनाएको मुख दाँतमा केही समस्या भने निर्धक्कका साथ अस्पताल जान चिकित्सकको आग्रह  

जसको दाँत सवल, उसको जीवन सफलभन्ने नारासहित अस्पतालले प्रचारप्रसार स्वास्थ्य सावधानीबारे सचेतना फैलाउने अभियानमा जुटेको डा घिमिरेले भन्नुभयो, “खानेकुरा आफैँ ब्रस हो, यसले मुखलाई सफा गर्दछ, शरीरलाई सफा गर्दछ, शरीलाई आफँै औषधि बनाउनुस् दबाईले दबाउने काम मात्र गर्दछ, त्यसैले गोग अभ्यास, खानपिन, मानसिकरुपमा खुशी सामाजिक सेवामा ध्यान दिनुस् भन्ने सन्देशसहित देशभर पुग्ने योजना करीब २१ वर्षको अवधिमा समाज डेन्टल हस्पिटलको नैकाव, चाबहिल बर्दिबासमा शाखा विस्तार भएको आगामी दिनमा दक्ष जनशक्तिका साथ सेवालाई स्तरीकरण गर्दै आधुनिक उपकरणयुक्त बनाएर लैजाने अस्पतालको योजना रहेको

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य