२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज १५.८७ अंकले बढ्यो नेप्से परिसूचक

२०७७, ७ माघ बुधबार १२:००

माघ ७, काठमाडौँ । आज शेयरबजार परिसूचक अंक नेप्से १५.८७ अंकले बढेको छ । बुधबार १५.८७ अंक बढेर २३४३.७६ विन्दुमा रोकिएको हो । आज २११ कम्पनीको ५३ हजार ३ सय ३४ पटकको शेयर कारोबारमा १ करोड ५९ लाख ८१ हजार कित्ता शेयर ६ अर्ब २१ करोड ९ लाख ६६ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स आज ०.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक बढेको छ ।आज नेप्से सूचक बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको हो ।

बुधबार १३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । वेष्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकाशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलोपर्स, कर्णाली डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स र सिन्धु विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी,आज विशाल बजार कम्पनी, कामना सेवा विकास बैंक, सिभिल लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट