2026-07-25 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सम्झौता अनुसार बक्यौता रकम पाएनन् उखु किशानले,पुनःआन्दोलनको घोषणा

माघ ८, काठमाडौँ । सम्झौता भएको २१ दिन सम्म बक्यौता रकम नपाएपछि उखु किशानले पुनः आन्दोलन गर्ने घोषणा गरेका छन् । उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बीच पुस १३ गते भएको सम्झौता अनुसार २१ दिन भित्र बाँकी बक्यौता रकम भुक्तानी गरिसक्नु पर्ने भएपनि हालसम्म भुक्तानी नगरेको भन्दै किशानले पुनःआन्दोलनको घोषणा गरेका हुन् । 

सम्झौता अनुसार सरकारले उखु किशानको बक्यौता रकम माघ ५ गते भित्र भुक्तानी गरिसक्नु पर्नेछ । माघ ५ गते भित्र उद्योग मन्त्रालयले मौखिक रुपमा गराएको जानकारी अनुसार रु ६५ करोड कबुल गरेको रकम मध्ये रु.५७ करोड भुक्तानी गराइसकेको र बाँकी रहेको रु.८ करोड रकम पनि उद्योग मन्त्रालयको नियन्त्रणमा आईसकेको जनाएपनि यसमा शंका रहेको संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

‘हामी किसानहरु विश्वस्त हुन सकिरहेका छैनौ । मन्त्रालयले हामीसँग किसानहरुले के -कति रकम भुक्तानी पाउनु पर्ने सो यकिन विवरण नभएकाले उखु किसान संघर्ष समितिसँग विवरण माग गरिरहेको छ । 

सो बिबरण संघर्ष समितिले पनि पटक पटक उद्योग तथा उद्योगीहरुसंग माग गर्दा समेत उद्योग तथा उद्योगीहरुले संघर्ष समितिलाई सो विवरण उपलब्ध गराउन आनाकानी गरिरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘किसानले भुक्तानी पाउनु पर्ने यकिन रकमको विवरण उद्योग र उद्योगीहरुसँगै रहेकोले सो अनुसार किसानको सम्पूर्ण रकम किसानहरुको खातामार्फत भुक्तानी गरी सकेको विश्वसनीय एवम् स- प्रमाण विवरण तत्काल सार्वजनिक नगरे सम्म हाम्रो न्यायीक सघर्षको आन्दोलन जारी रहनेछ ।’

उखु किशान संघर्ष समितिले माघ १० गते देखि फाल्गुण ७ गते सम्म किसान जागरण अभियान, ८ गते देखि १४ फाल्गुण गते सम्म कालो पट्टी बाधेर खेतमा काम गर्ने,१५ गते देखि फाल्गुण २१ गते सम्म एक छाक उपवास (भोकैबसी) खेतमा काम गर्ने र त्यसपछि पनि भुक्तानी  नभए तेस्रो चरणको आन्दोलन घोषणा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक