११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सो करेक्सनतर्फ

१३ माघ २०७७, मंगलवार ११:५९

माघ १३, काठमाडौँ । लगातार उकालो लागिरहेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने ‘करेक्सन’ भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.७९ अङ्कले घटेर दुई हजार ४२३.०९ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ४.५८ अङ्कले घटेर ४४७.२४ मा पुगेको छ । आज कूल २०७ कम्पनीको एक करोड ९६ लाख छ हजार ५४५ कित्ता शेयर रु आठ अर्ब २७ करोड ९६ लाख ९४ हजार ७४७ मा खरिद बिक्री भयो । 

नेप्सेमा आएको उतारचढावका कारण बजार पूँजीकरणमा भने खासै परिवर्तन देखिएन । आजको कारोवार पछि कूल बजार पूँजीकरण रु ३२ खर्ब ६३ अर्ब ८१ करोड ३२ लाख १० हजार बराबर भएको छ । आज कारोवार भएका कूल १२ मध्ये १० उपसमूहको शेयर ओरालो लागेको छ भने दुई उपसमूहको शेयरमात्र बढेको छ । होटल ५४.०५ र वित्त १३.०७ ले बढ्दा बैंकिङ ६.८१, व्यापार ९२.४२, विकास बैंक २९.४८, जलविद्युत् २७.०५, निर्जीवन बीमा ९८.५७, उत्पादन ४१.८७, अन्य २६.७९, लघुवित्त ५९.७२, जीवनबीमा ४१.०९ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटेको छ । 

कारोवार आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु एक अर्ब ४५ करोड सात लाख ६३ हजार ७२५ बराबरको खरिद बिक्री भयो । यस्तै नेपाल बैंकको रु ५२ करोड ५३ लाख २८ हजार ४६९, शिखर इन्स्योरेन्सको रु २३ करोड १७ लाख ८९ हजार ५६९, नेपाल पुनर्बीमा कम्पनीको रु २० करोड चार लाख ६९ हजार ७५३, नेपाल दूरसञ्चार कम्पनीको रु १६ करोड ४४ लाख ६४ हजार ५५१, नागरिक लगानी कोषको रु १६ करोड ४३ लाख पाँच हजार ३६३ र नबिल बैंकको रु १५ करोड ७१ लाख ८० हजार ८३७ मा खरिद बिक्री भयो । 

आज गुराँस लुघवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ९.९७ प्रतिशतले कमाउँदा प्रभु लाइफ इन्स्योरेन्सको रु ९.९४, युनाइटेड फाइनान्स ९.८८, पोखरा फाइनान्स ८.३६, ओरियन्टल होटल ७.०३, बोटलर्स नेपाल (तराई) लिमिटेड ६.५६ र नेपाल बैंकका लगानीकर्ताले ६.५३ प्रतिशतले कमाए । 

शिवश्री हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ४.९५ प्रतिशतले गुमाए । प्रोगेशिव फाइनान्स ४.५७, राष्ट्रिय बीमा कम्पनी ४.४७, सान्जेन जलविद्युत् कम्पनी ४.३१, रसुवागढी हाइड्रोपावर ४.२८ र पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ४.२३ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु