११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उखु किसानको बक्यौता रकम भुक्तानी

१४ माघ २०७७, बुधबार ०८:५४

माघ १४, काठमाडौँ  । चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । रु ६५ करोड बढी बक्यौता रकममध्येमा मङ्गलबार साँझसम्म चारवटा चिनी उद्योगले रु ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ । 

सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आएको जानकारी अनुसार श्रीराम सुगर मिलले सबै रकम भुक्तानी गरिसकेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीरामले सबै रकम भुक्तानी गरे तापनि तीन वटा चिनी मिलले बक्यौता रकम भुक्तानी गरिरहेका छन् । 

मन्त्रालयलको तथ्याङ्कअनुसार इन्दिर सुगर मिलले मङ्गलबारसम्म रु ८३ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ । उक्त मिलको रु चार करोड ७० लाख बक्यौता रकममध्येमा खातामा रु एक करोड पचास लाख रकम जम्मा रहेको छ । 

यसैगरी रु आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले रु पाँच करोड ११ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ भने उक्त मिलको खातामा रु तीन करोड ४० लाख रकम जम्मा रहेको उहाँले जानकारी दिनुभयो । 

अन्नपूर्ण सुगर मिलको रु १२ करोड ६३ लाख ७२ हजार बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले उखु किसानलाई रु १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँमा उखु किसानले आन्दोलन शुरु गरेपछि गृह मन्त्रालयले मङ्सिर ३० गते सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चिनी मिलका सञ्चालकलाई कानून अनुसार कारवाही गर्न निर्देशन दिएको थियो । 

मन्त्रालयको निर्देशनपछि बक्यौता रकम भुक्तानी नगरेको भन्दै एकै व्यक्ति सञ्चालक रहेका अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालकलाई प्रक्राउ गरिएको थियो । मिलका सञ्चालक प्रक्राउ गरेपछि रकम भुक्तानी शुरु गरेको उक्त मिलको अन्य मिलको तुलनामा धेरै बक्यौता रकम भुक्तानी गर्न बाँकी नै रहेको छ । 

लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत म्ङ्सिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन शुरु गरेका थिए । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । उक्त सहमति अनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगहरुले अझैँ उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह