२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उखु किसानको बक्यौता रकम भुक्तानी

२०७७, १४ माघ बुधबार ०८:५४

माघ १४, काठमाडौँ  । चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । रु ६५ करोड बढी बक्यौता रकममध्येमा मङ्गलबार साँझसम्म चारवटा चिनी उद्योगले रु ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ । 

सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आएको जानकारी अनुसार श्रीराम सुगर मिलले सबै रकम भुक्तानी गरिसकेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीरामले सबै रकम भुक्तानी गरे तापनि तीन वटा चिनी मिलले बक्यौता रकम भुक्तानी गरिरहेका छन् । 

मन्त्रालयलको तथ्याङ्कअनुसार इन्दिर सुगर मिलले मङ्गलबारसम्म रु ८३ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ । उक्त मिलको रु चार करोड ७० लाख बक्यौता रकममध्येमा खातामा रु एक करोड पचास लाख रकम जम्मा रहेको छ । 

यसैगरी रु आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले रु पाँच करोड ११ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ भने उक्त मिलको खातामा रु तीन करोड ४० लाख रकम जम्मा रहेको उहाँले जानकारी दिनुभयो । 

अन्नपूर्ण सुगर मिलको रु १२ करोड ६३ लाख ७२ हजार बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले उखु किसानलाई रु १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँमा उखु किसानले आन्दोलन शुरु गरेपछि गृह मन्त्रालयले मङ्सिर ३० गते सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चिनी मिलका सञ्चालकलाई कानून अनुसार कारवाही गर्न निर्देशन दिएको थियो । 

मन्त्रालयको निर्देशनपछि बक्यौता रकम भुक्तानी नगरेको भन्दै एकै व्यक्ति सञ्चालक रहेका अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालकलाई प्रक्राउ गरिएको थियो । मिलका सञ्चालक प्रक्राउ गरेपछि रकम भुक्तानी शुरु गरेको उक्त मिलको अन्य मिलको तुलनामा धेरै बक्यौता रकम भुक्तानी गर्न बाँकी नै रहेको छ । 

लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत म्ङ्सिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन शुरु गरेका थिए । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । उक्त सहमति अनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगहरुले अझैँ उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू