११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशी मुद्रा सटही व्यवसायमा कोरोनाको कहर

१५ माघ २०७७, बिहीबार ०८:५८

माघ १५, गण्डकी । कोरोना महामारीको प्रभाव विदेशी मुुद्रा सटहीमा पनि देखिएको छ ।पर्यटकीय नगरी पोखरामा वार्षिक झण्डै रु दुई अर्ब बराबरको कारोवार हुने गर्दथ्यो ।  कोरोनाको प्रभावका कारण विदेशी पर्यटक आउन छाडेपछि मुद्रा सटही व्यवसाय शून्यतामा झरेको मनिचेन्जर एशोसिएशनका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

“मनि चेन्जर एशोसिएशनमा हाल ४२ रकम सटही आवद्ध छन्,  झण्डै १५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका थिए”, उहाँले भन्नुभयो, “कोरोनाले व्यवसाय ठप्प त पा¥यो नै, धेरै जनाको रोजगारीसमेत प्रभावित भएको छ ।”

बढ्दो विदेशी पर्यटकको आकर्षणसँगै मनि मुद्रा सटहीहरू खुल्न थालेको पर्यटन व्यवसायी बताउँछन् । मुद्रा सटहीलाई व्यवस्थित बनाउनका लागि विसं २०५४ मा यहाँ एशोसिएशन बनाएर सबै व्यवसायीलाई एउटै छातामा आवद्ध गराइएको अध्यक्ष भण्डारीले बताउनुभयो । करिब एक दशक अघिसम्म पोखरामा मनि सटही खुल्ने क्रम बढेको उल्लेख गर्दै उहाँले त्यस क्रममा ५० को हाराहारीमा मनि सटहीहरू पुगेको बताउनुभयो । “पछिल्ला वर्षमा एटिएम कार्डको बढ्दो प्रयोगले पनि यो व्यवसाय प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “पर्यटक आउनासाथ सबैभन्दा पहिले पुग्ने स्थान मुद्रा सटही नै हो, त्यसैले पनि यो पर्यटनको महत्वपूर्ण पाटोजस्तै बनेको छ ।” बैंकिङ संस्थाहरूको बढे पनि बिहानदेखि बेलुकासम्म पर्यटकका लागि मुद्रा सटही गरेर मनि चेन्जरहरूले ठूलै योगदान पु¥याएको भण्डारीको भनाइ छ । उहाँका अनुसार सटही विनियमावली २०७७ ले मनि सटहीरहरूले पल्स मेसिनको प्रयोग गरी डेबिट, क्रेडिट कार्डका साथै भिजा कार्डबाट भुक्तानी दिने व्यवस्था मिलाएको छ । 

कोरोनाको कहरसँगै कतिपयले त संस्था नै बन्द गरेर बसेको मनि चेन्जर एशोसिएशन पोखराका पूर्वकोषाध्यक्ष एवं श्रेष्ठ मनि चेन्जर प्रालिका सञ्चालक कृष्णकुमार श्रेष्ठ बताउनुहुन्छ । विदेशी पर्यटनको आगमन ठप्प हुनुका साथै बढ्दो एटिएम कार्डको प्रयोगले व्यवसाय प्रभावित भएको बताउँदै उहाँले यसले गर्दा मुद्रा सटहीले विगतमा दिएको रोजगारीलाई पनि सङ्कटमा पारेको उल्लेख गर्नुभयो । पर्यटनमा विगतदेखि नै मुद्रा सटहीहरूले महत्वपूर्ण योगदान गर्दै आएको उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप