११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँटफाँड

१६ माघ २०७७, शुक्रबार ०६:५२

माघ १६, काठमाडौँ । शुक्रबार नेपाल इन्फ्रास्टक्चर बैंकले आईपीओ बाँटफाँड गरेको छ । हाल सम्मकै ठुलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको बिहान १० बजे सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले सेयर बाँडफाँट गरेको हो ।

जस अनुसार १० देखि ५० कित्ता आवेदन गर्ने लगानीकर्ताले १ करोड १२ लाख १९ हजार ८० कित्ता पाउनेछन् भने, ६० देखि २ लाख कित्ता आवेदन गर्ने लगानीकर्ताले थप ५० कित्ताका दरले ५ करोड ९७ लाख २ सय कित्ता पाउनेछन् । बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर ६० देखि २ लाख कित्ता माग गर्ने लगानीकर्ताले थप १० कित्ताका दरले प्राप्त गर्ने एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

बैंकले माघ २ गतेदेखि ६ गतेसम्म आइपीओ खुलाएको थियो । जसमा १४ लाख ८१ हजार २८४ जनाले १६ करोड ७८ लाख ५ हजार ४४७ कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ६ हजार २७६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको थियो ।

कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्ता सार्वजनिक निष्कासन गरेको थियो । तीमध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि,शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्ट्याएको थियो ।

ति मध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

अहिले उक्त बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप