2026-08-25 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आहा ! रारा गोल्डकप चैत १७ देखि

माघ १७, काठमाडौँ |  मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । 

आयोजक सहारा क्लबले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल फुटबल सङ्घ(एन्फा)बाट सो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले तयारी शुरु गरिएको जनाएको छ । 

‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित आयोजना हुने प्रतियोगितामा विदेशी टोली, ‘ए’ डिभिजनका क्लब, मोफसलका टोली र आयोजक सहाराको टोली सहभागी हुने क्लबका अध्यक्ष केशबबहादुर थापाले बताउनुभयो । 

कोरोना भाइरस महामारी र राष्ट्रिय फुटबल टोली विश्वकप फुटबल तथा एशियन कपको छनोट चरणको तयारीमा रहेकाले समेत प्रतियोगिताको समयपछि सरेको बताइन्छ । यसअघि क्लबले पुस÷माघमा प्रतियोगिता गर्दै आएको थियो । 

प्रतियोगिताबाट कूल आम्दानी रु एक करोड ३० लाख एक हजार तथा खर्च रु एक करोड एक लाख ८१ हजार हुने अनुमान गरिएको क्लबले जनाएको छ । गत वर्षको संस्करण मनाङ मस्र्याङ्दी क्लबले जितेकामा विभागीय नेपाल पुलिस क्लब उपविजेता बनेको थियो । क्लबले आयोजना गर्ने प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजक बनेर यहाँको व्यावसायिक प्रतिष्ठान हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । 

प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट पोखरा महानगरपालिका–१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमी सञ्चालनमा खर्च गरिँदै आइएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । एकेडेमीमा हाल तेस्रो ब्याचका १४ जिल्लाका २४ बालक आवासीयरुपमा निःशुल्क, स्वास्थ्य शिक्षालगायत एकेडेमीमा फुटबल प्रशिक्षण गर्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग