२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवलाई फकाउने प्रम ओलीको रणनीति !

१८ माघ २०७७, आईतवार ०२:१९

माघ १८, काठमाडौँ | सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

तर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन न सरकारले देखिने गरी पहल गरेको छ न चन्द समूहले हिंसात्मक गतिविधि त्यागेको छ । दुवै पक्ष वार्ताका लागि तयार भएको दाबी गर्छन् तर त्यसअनुसार प्रयास भने हुनसकेको छैन ।

तर, चुनाव घोषणा भएपछि प्रधानमन्त्री केपी ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने र त्यसका लागि वार्ता गर्न सक्ने गाइँगुइँ चल्न थालेको छ । विश्वस्त उच्च सरकारी सुत्रका अनुसार चन्द समूहलाई चुनावअघि नै वार्तामा ल्याउन प्रधानमन्त्री ओली सक्रिय छन् तर यसलाई पुष्टि गर्न सरकारी अधिकारीहरु औपचारिक रुपमा बोल्न चाहँदैनन् ।

चन्दसहितको वाम रणनीतिक मोर्चाबन्दीको सहमति गर्नेमध्येका एक तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती) ले चुनावमा दाहाल–नेपाल समूहविरुद्ध प्रयोग गर्न प्रधानमन्त्री ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न सक्ने सम्भावना रहेको औँल्याए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै