पढ्न करिब 1 मिनेट लाग्छ

गणेश शिर्पाली/साउन २०, रुकुम । जनयुद्धको उद्गम थलो रुकुमबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत संसदमा प्रतिनिधित्व गर्ने दलजित सिर्पालीले वर्तमान सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

२०२६ असोज २७ गते रुकुमको महत ५ मा जन्मिएका सिर्पाली बुबा गणेश र सुकैदेवीका छोरा हुनुहुन्छ । सिर्पाली पाँच छोरी छन । प्रमाणपत्र तहसम्म अध्ययन गरेका सिर्पाली २०४२ सालदेखि नै माओवादीमा संलग्न हुनुभएको थियो ।

उहाँले १० वर्ष भूमिगत जीवन बिताउनुभएको थियो । युद्धकालमा उहाँलाई हिरासतमा राखी यातना दिइएको संसद सचिवालयमा उहाँले बुझाएको रेकर्डमा उल्लेख छ ।

केही समय शिक्षणसमेत गरेका उहाँ माओवादीको जनमुक्ति सेनाको डिभिजन सहकमाण्डर हुनुहुन्थ्यो । २०४२ सालमा अनेरास्ववियुको सदस्य भएका उहाँ २०४७ मा नेकपा एकता केन्द्रको पार्टी सदस्य हुनुभयो ।

उहाँ माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । माओवादीको अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सिर्पाली पीएलए स्पोर्टस क्लबमा सदस्य सचिव हुनुहुन्थ्यो । जनयुद्धका कुशल कमाण्डर मानिने दलजित सिर्पालीका विभिन्न पत्रपत्रिकामा लेखहरु पनि प्रकाशित छन ।