१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उड्दाउड्दै विमानको इन्जिन बन्द भएपछि…

२० श्रावण २०७३, बिहीबार १२:५०

हरिबहादुर रावत/साउन २०, हुम्ला । हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको ‘नाइनएनएकेसी’को विमानको इन्जिनमा खराबी आएपछि आज अपराह्न सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा दुर्घटना भएको छ । 

सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि ३:३० बजे उडेको करिब पाँच मिनेटमै विमानको इन्जिन एक्कासी बन्द हुँदा सुरक्षित अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । 

“एघार हजार ५०० फिटको उचाइमा रहेको विमानको एक्कासि इन्जिन बन्द भयो, पुनः स्टार्ट गर्न खोज्यौँ भएन, त्यसपछि सुर्खेत पुग्न पनि टाइम लाग्ने र हुम्ला फर्कन पनि नसक्ने अवस्था आएपछि विमानलाई कर्णाली नदीमा सुरक्षित अवरण गर्न खोज्दा दुर्घटना भयो” पाइलट साङ्गे लामाको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले राससलाई जानकारी दिनुभयो । “विमानलाई खोलामा सेफ ल्यान्डिङ गर्दा दुवैजना बेहोस भयौँ, केहीबेरमा होस आएर पौडिँदै खोलाबाहिर निस्कन सफल भयौँ ।” चालक लामाले भन्नुभयो । 

घटना लगत्तै सिमिकोटमा रहेको सिम्रिक एयरको हेलिकप्टरले घाइते चालकको उद्धार गरेको थियो । दुर्घटनामा दुवै पाइलट सामान्य घाइते भएको र जिल्ला अस्पताल हुम्लामा उपचारपछि अहिले थप स्वास्थ्य परीक्षणका लागि सोही हेलिकप्टरमार्फतै नेपालगन्ज मेडिकल कलेज पठाइएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।अहिले दुर्घटनाग्रस्त विमानलाई कर्णाली नदीले बगाएको जानकारी आफूहरुले पाए पनि घटनास्थलबाट थप जानकारी नआएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक