१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा १६२ मतदान केन्द्र र १३३ मतदानस्थल

२२ माघ २०७७, बिहीबार १०:२३

माघ २२, बझाङ । जिल्ला निर्वाचन कार्यालय बझाङले जिल्लाभरि १६२ मतदान केन्द्र र १३३ मतदानस्थल छनोट गरी निर्वाचन आयोगमा पठाएको छ । त्यस्तै निर्वाचन कार्यालय बझाङले मतदाता परिचयपत्र अद्यावधिक गर्नतर्फ लागेको छ ।

कार्यालयले जिल्लाका १२ स्थानीय तहमा गएर बसाइँसराइ गरेका व्यक्तिबाहेकका मतदाता नामावलीमा नाम, ठेगानालगायतका कुरामा त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन माघ ११ गतेदेखि निर्वाचन कार्यालय बझाङको टोली स्थानीय तहमा खटिएको छ । मतदानस्थलमा अद्यावधिक कार्यक्रम सञ्चालन गर्न गाउँपालिका तथा नगरपालिकाका वडा सचिवलाई छनोट गरी जिल्लाका सबै स्थानीय तहमा मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर प्रेम बोहोराले बताउनुभयो ।

जिल्लामा १६२ मतदान केन्द्र र १२५ मतदानस्थल रहेपनि हाल बुङ्गल नगरपालिकामा चार, छविस पाथिभेरा गाउँपालिकामा एक, मष्टा गाउँपालिकामा एक, सुर्मा गाउँपालिकामा एक र वित्थडचिर गाउँपालिकामा एक गरी जम्मा आठ मतदानस्थल थपिएको निर्वाचन कार्यालयका अधिकृत करुणाकर पन्तले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ