२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँका आधा नागरिकमा संक्रमणविरुद्धको एन्टीबडी बनेको विज्ञको दाबी

२३ माघ २०७७, शुक्रबार ०२:०९

माघ २३, काठमाडौँ | काठमाडौँका करिब आधा नागरिकमा कोभिड–१९ संक्रमणविरुद्धको एन्टीबडी निर्माण भइसकेको दाबी विज्ञहरुले गरेका छन् । कोभिडको लहर कम हुँदै गएको र नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने उनीहरुको विश्लेषण छ ।

सक्रमण भइसकेपछि शरीरमा विकास हुने क्षमतालाई एन्टीबडी निर्माण भनिन्छ भने ५० प्रतिशत संक्रमण भइसकेपछि उत्पन्न हुने अवस्था हर्ड इम्युनिटी हो । सरकारले तुरुन्त राजधानीलगायत देशभर समुदायमा कोभिड–१९ संक्रमणको अवस्था जान्न नियमित सेरो प्रिभिलेन्स सर्भे गर्नु आवश्यक रहेको उनीहरुले बताएका छन् ।

‘हाम्रो अनुमानमा काठमाडौँमा करिब ५० प्रतिशत मानिस कोभिड संक्रमित भइसकेको हुनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका वरिष्ठ पदाधिकारी एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘कोभिडको पहिलो लहर कम हुँदै गएकाले नयाँ भाइरसको संक्रमण नदेखिए मुलुक हर्ड इम्युनिटीतिर जान सक्ने संकेत देखिएको छ ।’

सरकारले गत दसैँअघि देखि सातैवटै प्रदेशबाट ३ हजार १ सय ५० वटा रगतको नमुना संकलन गरेर समुदायमा कोभिड संक्रमणबारे जान्न सेरो प्रिमिभलेन्स सर्भे गर्दा देशभरमा १३.९ प्रतिशतमा कोभिडविरुद्धको एन्टीबडी बनिसकेको अर्थात् उनीहरु जानेर वा नजानेर संक्रमित भइसकेको देखिएको थियो ।

- आजकोकान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै