९ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब

२६ माघ २०७७, सोमबार ११:४३

माघ २६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७.४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६.६० मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत उच्च वृद्धि देखिएको छ । कूल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता शेयर रु १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ बराबरको कारोवार भएको छ । 

आजको कारोवारपछि बजार पूँजीकरण बढेर साढे रु ३४ खर्ब बराबर भएको छ । नेप्सेका अनुसार रु ३४ खर्ब ५२ अर्ब ७५ करोड ८० लाख २५ हजार १२२ बराबर पुगेको छ । लगानीकर्ता बैंक, विकास बैंक र जीवन बीमा उपसमूहको शेयरमा आकर्षित भएको आजको कारोवारले देखाएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ३.९६, जलविद्युत् १९.७३, निर्जीवन बीमा १३१.९२, उतपादन ७४.८९ र लघुवित्त ३१.४२ विन्दुले घटेको छ । यस्तै, बैंकिङ ६२.७२, होटल २८.८६, विकास बैंक ८६.४२, वित्त २२.६८, अन्य ९.६९, जीवन बीमा २११.३७ र सामूहिक लगानी कोष ०.१२ विन्दुले बढेको छ । 

कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ६२ करोड १३ लाख ५३ हजार १२९ बराबरको कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु ३३ करोड ७९ लाख ५६ हजार ८६३, नबिल बैंक रु ३३ करोड ४४ लाख ३४ हजार ५९७, डिप्रोक्स लघुवित्त रु ३३ करोड १२ लाख २९ हजार ९२७, ग्लोबल आइएमई बैंक रु २९ करोड ४२ लाख ३२ हजार ७७२, फस्ट माइक्रोफाइनान्स रु २७ करोड ८८ लाख ३४ हजार ७७५, नेपाल पुनरबीमा कम्पनी रु २७ करोड ३९ लाख ९५ हजार ४३३, हिमालयन डिस्टिलरी रु २२ करोड ३२ लाख ८९८ र एनआइसी एशिया बैंक रु २० करोड ४८ लाख ९७ हजार १०८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

कारोवारका आधारमा गरिमा विकास लघुवित्त ९.९२, प्रभु बैंक ९.१७, सनराइज बैंक ८.४५, माछापुच्छ्रे बैंक ८.३९, छ्याङदी हाइड्रो ७.७३, गरिमा विकास बैंक ७, सूर्योदय लघुवित्त ६.९९, नेपाल फाइनान्स ६.६९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले कमाए । हिमालयन ऊर्जा विकास कम्पनी ६.७८, उन्नती सहकार्य लघुवित्त ६.३७, स्वाभिमान लघुवित्त ५.४७, सिभिल लघुवित्त ५.११, लक्षमी लघुवित्त ४.८२, स्वरोजगार लघुवित्त ४.७३, किसान लघुवित्त ४.२४, हिमाल दोलखा हाइड्रोपावर ४.१७ र मिर्मिरे माइक्रोफाइनानसका लगानीकर्ताले ४.०४ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध