२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठेक्का सम्झौताको दुई वर्षपछि कोटेश्वर–कलङ्की खण्डमा पुल निर्माण शुरु

२०७७, २७ माघ मंगलवार १२:३१

माघ २७, काठमाडौँ  । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तीन आकाशे पुलको निर्माण ठेक्का सम्झौता भएको दुई वर्षपछि शुरु हुन लागेको छ । छ स्थानमा आकाशे पुल निर्माण शुरु गरिएकामा यी तीन स्थानमा डिजाइनमा नै समस्या भएकाले विगतका वर्षहरुमा निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । 

चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो सडकमा नेपाल सरकारले एक÷एक किलोमिटरको दूरीमा पर्ने गरी छ स्थानमा आकासेपुल निर्माण शुरु गरेको थियो । महालक्ष्मीस्थान, बल्खु र सानेपामा अहिले यी पुलको डिजाइन सच्याएर निर्माण अघि बढाइरहेको योजनाका प्रमुख अर्जुन सुवालले बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीका कारणले नभएर यी पुल निर्माण सडक विभाग र योजना कार्यालयकै कारण ढिलाइ भएको हो । यी पुलको निर्माण एउटै कम्पनीमार्फत भइरहेको छ । 

डिजाइनको समस्या हटाइएकाले अब लामो समय नलाग्ने उहाँले बताउनुभयो । गत महिनामा अवधि सकिएको भए पनि पुल निर्माणमा थप छ महिना थपिएको छ । उहाँले भन्नुभयो, “असार मसान्तसम्ममा नै पुल निर्माण भइसक्ने देखिएको छ ।” यसअघि नै सातदोबाटो, बालकुमारी र एकान्तकुनामा पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको छ । 

चीन सरकारको सहयोगमा निर्माण भएको सो सडकमा पहिले तीन स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने गरी डिजाइन तयार भएको थियो । सोही आधारमा चिनियाँ कम्पनीले कोटेश्वर, ग्वार्काे र बागडोल गरी तीन स्थानमा पुलको निर्माण गरेको थियो । आठ लेन चौडाइको सो सडकमा सवारी साधनको गति उच्च हुने भएकाले पैदल यात्रुका लागि थप आकाशे पुलको आवश्यकता भएको भन्दै विभागले थप छ स्थानमा पुल निर्माण अघि बढाएको थियो । 

चीन सरकारले सडक हस्तान्तरणपछिको एक वर्ष मर्मत अवधि चलिरहँदा विभागले पुल निर्माण शुरु गरेको थियो । चक्रपथको पहिलो खण्डमा कम सङ्ख्यामा पुल भएकाले समस्या भएकाले विभागले विस्तारको क्रममा रहेको चक्रपथको दोस्रो खण्ड (कलङ्कीबाट गोपीकृष्ण हल अगाडिसम्म) प्रत्येक एक किमीमा एउटा आकाशेपुलको प्रस्ताव गरेको छ । झण्डै १० किमी लम्बाइको सडकमा नौ आकाशे पुल निर्माण गर्ने गरी डिजाइन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ