२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शनः २ लाख बढीको सहभागिता हुने

२०७७, २८ माघ बुधबार ०३:४२

माघ २८, काठमाडौं | नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौमा विशाल जनप्रदर्शनसहित विरोध सभा गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित यो कार्यक्रमलाई सो पार्टीले आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ । सभामा दुई लाख मानिस सहभागी हुने नेकपा प्रचण्ड–माधव पक्षको भनाइ छ । 

भृकुटी मण्डमा हुने विरोध सभामा सो पार्टीका शीर्ष नेताले सम्बोधन गर्दैछन् । सभाअघि ११ बजे उपत्यकाका विभिन्न ५ स्थानबाट विरोध जुलुस निकालिने छ । विरोधसभा अघि पुल्चोक, कुपण्डोल, माइतीघर, जमल, लैनचौरबाट छुट्टाछुट्टै निस्कने जुलुस सुनधारामा मुल जुलुसमा परिणत हुनेछ । मूल जुलुस जमल घण्टाघर, पुतलीसडक हुदै भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्नेछन् ।

केन्द्रीय संघर्ष समितिले सबै सहायक जुलुस ११ बजे शुरू हुने बताएको छ भने मूल जुलुस १२ बजे सुन्धाराबाट शुरू हुनेछ ।

अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले प्रतिगमनविरुद्धको विरोधसभा सहभागी हुन सर्वसाधारणलाई भिडियोमार्फत अपिल गरेका थिए । यसैबीच ट्राफिक प्रहरीले जुलुस र विरोध प्रदर्शनलाई मध्यनजर गर्दै ती स्थानहरुमा ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ