२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुरु जलविद्युतको आइपीओ निष्कासन फागुन ७ गतेदेखि

२०७७, २९ माघ बिहीबार ०८:१३

माघ २९, काठमाडौं । रूरू जलविद्युत् परियोजनाले फागुन ७ गतेदेखि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी गर्ने लागेको कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता आइपीओ आयोजना प्रभावित गुल्मी जिल्ला स्थानीयका लागि जारी गर्न लागेको हो ।

कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट कम्पनीले अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत सेयर कम्पनीले आयोजना प्रभावित स्थानीय लागि प्रतिसेयर १०० रुपैयाँ अंकित ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ ।

जसमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख किता सम्मका लागि आवेदन दिन पाउने छन् । स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि २० रुपैयाँ प्रिमियम थप गरी १० प्रतिशत अर्थात् ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले फागुन ७ गतेदेखि स्थानीयका लागि जारी गर्ने सो आइपीओमा छिटोमा फागुन २१ गते र छिटोमा चैत ८ गतेसम्म बिक्री खुल्ला हुनेछ । इच्छुक स्थानीय लगानीकर्ताले गुल्मीका शाइन रेसुङ्ग डेभलपमेन्ट गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकका गूल्मी शाखा कार्यालयबाट आवेदन दिन सक्ने उल्लेख गरिएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई आईपीओ निष्कासनका लागि निष्काशन इक्रा नेपालले ग्रेड–३ रेटिङ दिएको थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटलल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली