२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिखित प्रतिबद्धतापछि नेत्री झाँक्री रिहा

२०७७, २९ माघ बिहीबार १६:४७

माघ २९, काठमाडौँ | राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले आजै साँझ रिहा गरेको छ ।

राष्ट्रपति संस्था र व्यक्तिप्रति आफ्नो सदैव सम्मान रहेको लिखित प्रतिबद्धता जनाएपछि उहाँलाई छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । उक्त कसुर गरेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले झाँक्रीलाई काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलस्थित निवासबाट पक्राउ गरेको थियो । 

महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले राज्यविरुद्धको अपराध गरेको आरोपमा बिहीबार उहाँको  निवास काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने क्रममा । तस्बिरः रोशन सापकोटा/रासस

यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध ‘अशोभनीय’ टिप्पणी गरेपछि उहाँको आलोचना हुँदै आएको थियो । सत्तारुढ नेकपानिकट अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । सोही निवेदनको आधारमा प्रहरीले अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता कुँवरले बताउनुभयो ।

रिहापछि झाँक्रीले प्रतिक्रिया दिँदै राष्ट्रपति संस्थाप्रति आफ्नै सधैँ सम्मान रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह