२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेरोजगारहरूलाई सुचिकृत हुन आवेदन खुल्यो, वडा कार्यालय मार्फत रोजगारीका लागि आवेदन दिन पाइने

२०७७, ३० माघ शुक्रबार ०८:०७

मनोज पराजुली । माघ ३०, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्षमा संचालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगार व्यक्ति सूचीकरण हुनका लागि आह्वावान गरिएको छ । श्रम मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै न्यून आय भएका वा स्वरोजगार समेत नरहेका १८ बर्ष देखि ५९ वर्षं उमेर समहका बेरोज़गार नागरिकहरुले आफु स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीकृत हुन निवेदन दिनुहुन अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार २०७७ फागुन १ देखि फागुन मसान्त सम्ममा आवेदन दिन पाइनेछ । निवेदनको ढांचा र यस सम्बन्धी विस्तृत जानकारी गाउंपालिका वा नगरपालिकाको रोजगार सेवा केन्द्र वा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइट www.pmep.gov.np publication others बाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

सबै स्थानीय तहलाई परिपत्र 

श्रम मन्त्रालयले आगामी आ.ब.०७८/७९ का लागि बेरोजगार व्यक्ति सूचीकरण सम्बन्धमा ७५३ वटै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत परिपत्र समेत गरेको छ ।  रोजगारीको हक सम्बन्धी ऐन, २०७५, सो को नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ (पहिलो संशोधन, २०७७ सहित) बमोजिम आ.व. २०७८/०७९ मा न्यूनतम रोजगारीमा आवद्ध हुन चाहने बेरोजगार व्यक्तिले आफु बसोबास गरेको स्थानीय तहको सम्बन्धित बडा कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारी प्रदान गरी विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउन सहयोग पुर्याउने सोच रहेको छ । सोही बमोजिम बेरोजगार व्यक्तिको निबेदन संकलन गर्दा व्यक्तिका र निजका परिवारको यथार्थ र सम्पूर्ण विवरण संकलन गरी वास्तविक लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालन हुने गरी विवरण संकलनको लागि आवश्यक तयारी कार्य गर्नु हुन २०७७/१०/२२ को निर्णयानुसार (मा.मन्त्रीस्तर) सबै स्थानीय तहलाई अनुरोध गरिएको छ । 

साथै बेरोजगार व्यक्तिको निवेदन संकलन सम्बन्धमा तपशिलको व्यवस्था तर्फ ध्यानाकर्षण हुन र बेरोजगार व्यक्तिले सूचीकरणको लागि दिनुपर्ने निवेदनको ढाँचा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ ( पहिलो संशोधन, २०७७ सहिताको अनुसूची – १ वा httpsliamen.gov.np/sublication/lkaryavichi मा रहेको श्रम मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले न्यूनतम रोजगारीले गरिब तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षा र संरक्षण दिने उद्देश्य लिएको  छ । न्यूनतम रोजगारीमा आवद्ध गर्ने लक्षित वर्ग गरिब तथा समान्य जीवनयापनमा कठिनाई भएका नागरिक रहेकोले बैयक्तिक तथा पारिवारिक विवरणहरु (व्यक्तिगत विवरण, पारिवारिक विवरण, आय आम्दानी तथा अन्य पेशा व्यवसाय तथा राज्यका अन्य सामाजिक सुरक्षाका कार्यक्रममा आवद्ध भए नभएका आदी) संकलन गर्दा यथार्थपरक र पूर्ण विवरण संकलन गर्न मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको छ ।

न्यूनतम रोजगारी बाहेक रोजगार सेवा केन्द्रबाट प्रदान हुने अन्य रोजगारमूलक सेवा सुविधा सबै नागरिकले प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने साथै  गरिबी निवारण, रोजगारी व्यवस्थापन तथा सबै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने तीनै तहका सरकारको सामूहिक जिम्मेवारी रहेको परिपत्रमा उल्लेख छ । 

कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी तथा पारदर्शि बनाउन रोजगार व्यवस्थापन सूचना प्रणाली (EMIS) सञ्चालनमा रहेकोले स्थानीय तहबाट भए गरेका रोजरारी व्यवस्थापनसंग सम्बन्धित विवरण EMIS मा नियमित र अनिवार्यरुपमा गर्ने व्यवस्था हुन अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ