२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा कोरोना छ कि छैन ?

१ फाल्गुन २०७७, शनिबार ०४:३२

फागुन १, काठमाडौँ | न सावधानी छ न त भौतिक दूरी । लाग्छ– कोरोना छ भन्नेमा कसैलाई हेक्का छैन । सरकारले लगाएका प्रतिबन्ध सबै खुलिसके । त्यसमाथि दलहरूले हजारौं सर्वसाधारण भेला पार्ने प्रतिस्पर्धा गराएर ‘राजनीतिक मेला’ लगाइरहेकै छन् । तर, कोरोना भने घट्दै–घट्दै गएको देखिन्छ । कारण के हो ? हामीले विज्ञहरूसँग जिज्ञासा राखेका छौं । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् । 

प्रस्तुत छ, उनीहरूका धारणा–

कोरोना भाइरस लामो समयसम्म रहँदैन । संक्रमणले एउटा उचाइ लिइसकेपछि घट्न सुरु भएको छ । शरीरमा एन्टिबडी (रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति)को विकास भई हर्ड इम्युनिटी (प्राकृतिक रूपमा समुदायको धेरै जनसंख्यामा प्राप्त रोग प्रतिरोधात्मक क्षमता)का कारण पनि संक्रमणदर घटेको हुन सक्छ ।

- डा. सागरकुमार राजभण्डारी, निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी भएर हो कि वा अन्य कुनै कारण छ भनेर हामी अध्ययन गर्दै छौं । वंशाणुगत कारण वा  हर्ड इम्युनिटीको विकासबारे पनि अनुसन्धान नगरी केही भन्न सकिँदैन । 

- डा. प्रदीप ज्ञवाली, कार्यकारी प्रमुख, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्

संक्रमितको संख्या घटेको हो । सम्भावित व्यक्तिलाई संक्रमण भइसकेको देखिन्छ । सहर बजारमा हर्ड इम्युनिटीमा पुगेको होला भन्ने मेरो अनुमान छ । हामीसँग आँकडा छैन । अनुमानकै आधारमा बोल्नुपर्ने अवस्था छ ।

- डा. अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ

कोरोना संक्रमण चरमोत्कर्षबाट तुलनात्मक रूपमा मत्थर भएको छ । शरीरमा एन्टिबडी विकास भएर संक्रमण घटेको हो कि भन्ने सम्भावना व्यक्त गर्न सकिन्छ । समुदायमै गएर विधि प्रक्रिया मिलाएर एन्टिबडी टेस्ट वा सेरो प्रिभिलेन्स गर्न पाएको भए ढुक्कसँग भन्न  सकिन्थ्यो ।

- डा. शेरबहादुर पुन, क्लिनिकल रिसर्च युनिट संयोजक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

अहिले संक्रमण घटेकै छ । तर, राजनीतिक दलका गतिविधिका कारण संक्रमण बढ्न पनि सक्छ । भित्रभित्रै संक्रमण भइरहेको छ भने होली आसपास संक्रमितको संख्या बढ्न सक्छ ।

- डा. बाबुराम मरासिनी, जनस्वास्थ्यविद् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै