2026-07-24 10:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु

फागुन २, काठमाडौँ । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारीका कारण मृत्यु हुनेको संख्यामा कमी आउन सकेको छैन । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या घट्ने संकेत अझै देखिएको छैन । पछिल्लो अपडेटअनुसार यहाँ गएको २४ घन्टायता १ हजार ४३ जनाको ज्यान गएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ । साथै यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ ।

पछिल्लो २४ घण्टामा यहाँ १ हजार ४३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयकाअनुसार यहाँ कोरोना भाइरसका कारण एक हजारजना भन्दा बढीको मृत्यु भएको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३६० जना सङ्क्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ९८ लाख ६ हजार ९६५ जना सङ्क्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ८७ लाख १० हजार भन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् भने ८ लाख ६१ हजार  भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।त्यस्तै ब्राजिलमा अहिले हजरौँ नागरिकलाई आइसीयुमा राखेर उपचार गरिएको पनि त्यस समाचारमा जनाइएको छ । यहाँ यो भाइरसको दोस्रो वेभ आएको छ र त्यसपछि  यहाँ यो सङ्क्रमणबाट बढी क्षति भएको छ । 

ब्राजिलमा संयुक्त राज्य अमेरिकापछि ठूलो संख्यामा मानिसको निधन भएको छ । अमेरिकामा अहिलेसम्ममा चार  लाख ९६ हजार भन्दा बढीको निधन भएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक