२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

३ फाल्गुन २०७७, सोमबार ०२:०८

फागुन ३, काठमाडौँ | कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । 

केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ । भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं फर्किएका थिए । उनीहरुसँगै सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबै व्यक्तिहरुमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भएको आंशंका गरिएको महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल भन्छन्– ‘केही व्यक्तिहरुमा नयाँ प्रजातिको आंशका गरिएको भए पनि जिन सिक्वेन्सी जाँच भने गरिएको छैन ।

कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरु एस जिन नेगेटिभ आएकाले नयाँ प्रजातिको भाइरसको आशंका गरिएको भए पनि निश्चित भइसकेको छैन । आशंका गरिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको छ ।’भेरियन्ट प्रजातिको नयाँ भाइरस हो होइन भन्ने पहिचान गर्नका लागि ‘जिनोम सिक्वेन्सिङ’ गरेर मात्र पत्ता लगाउन सकिन्छ । यो परीक्षण अहिले नेपालमा शुरु भइनसकेको र एक सातापछि शुरु हुने डा. पौडेल बताउँछन् ।

आशंका गरिएका व्यक्तिहरुको विदेश भ्रमणको तथ्यांक नभएको भए पनि जनस्वास्थ्य प्रयोगशाला टेकुमा विभिन्न जिल्लाबाट यस्ता नमुना भने फटाफट आउन थालेका छन् ।बेलायतमा पछिल्लो समय देखापरेका नयाँ भेरियन्ट कोरोना भाइरसको दाँजोमा ७० प्रतिशत छिटो फैलने गरेको छ र यो अहिलेसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

- आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै