४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोना खोप

४ फाल्गुन २०७७, मंगलवार ०८:४०

फागुन ४,लिस्बन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमबार कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । उहाँले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको अधिकारीहरुले जनाएका छन् । 

प्रधानमन्त्री कोस्टाले फाइजर÷बायोएनटेकको खोप लगाउनु भएको हो । प्रधानमन्त्री कोस्टाले देशमै पहिलो खोप लगाएर खोप अभियान शुरु गरिएको हो । प्रधानमन्त्री कोस्टाले खोप लगाएको कुरा स्वास्थ्यमन्त्री मार्ता टेमिडोले पनि पुष्टि गर्नु भएको छ । 

त्यसैगरी राष्ट्रपति मार्सेलो रिबेलो डि सौसा तथा संसदका अध्यक्ष फेरो रोड्रिगेजले पनि कोरोना विरुद्धको खोप लगाउनु भएको छ । त्यसपछि प्राथमिकताक्रम निर्धारण गरेर सबैलाई खोप दिने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् । 

प्राथमिकता निर्धारण गर्दा स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा अगाडि राखिएको छ भने जेष्ठ नागरिक र रोगीहरुलाई अर्को उच्च प्राथमिकतामा राखिएको छ । स्वास्थ्यमन्त्री टेमिडोले पहिलो चरणमा झण्डै तीन लाख ३३ हजार र दोस्रो चरणमा झण्डै दुई लाख खोप ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिनुभयो । 

“हामीले झण्डै एक चौथाइ खोप आठ दिन अगाडि नै ल्याइसकेका छौँ, अरु खोप पनि चाँडै नै आउँछ,” उहाँले भन्नुभयो ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ