२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोना खोप

२०७७, ४ फाल्गुन मंगलवार ०८:४०

फागुन ४,लिस्बन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले सोमबार कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । उहाँले खोप लगाएसँगै पोर्चुगलमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको अधिकारीहरुले जनाएका छन् । 

प्रधानमन्त्री कोस्टाले फाइजर÷बायोएनटेकको खोप लगाउनु भएको हो । प्रधानमन्त्री कोस्टाले देशमै पहिलो खोप लगाएर खोप अभियान शुरु गरिएको हो । प्रधानमन्त्री कोस्टाले खोप लगाएको कुरा स्वास्थ्यमन्त्री मार्ता टेमिडोले पनि पुष्टि गर्नु भएको छ । 

त्यसैगरी राष्ट्रपति मार्सेलो रिबेलो डि सौसा तथा संसदका अध्यक्ष फेरो रोड्रिगेजले पनि कोरोना विरुद्धको खोप लगाउनु भएको छ । त्यसपछि प्राथमिकताक्रम निर्धारण गरेर सबैलाई खोप दिने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् । 

प्राथमिकता निर्धारण गर्दा स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा अगाडि राखिएको छ भने जेष्ठ नागरिक र रोगीहरुलाई अर्को उच्च प्राथमिकतामा राखिएको छ । स्वास्थ्यमन्त्री टेमिडोले पहिलो चरणमा झण्डै तीन लाख ३३ हजार र दोस्रो चरणमा झण्डै दुई लाख खोप ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिनुभयो । 

“हामीले झण्डै एक चौथाइ खोप आठ दिन अगाडि नै ल्याइसकेका छौँ, अरु खोप पनि चाँडै नै आउँछ,” उहाँले भन्नुभयो ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ