१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले भारतीय कम्पनीबाट कोरोना खोप ल्याउने, प्रतिखोप कति पर्छ ?

४ फाल्गुन २०७७, मंगलवार १७:१६

फागुन ४, काठमाडौँ | सरकारले कोरोना खोपका लागि भारतीय कम्पनीलाई अग्रिम पैसा पठाउने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग खोप किन्न लागेको हो। खोपका लागि रकम पठाउने निर्णय भइसकेको स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले बताए।

यसअघि सरकारले सेरमसँग २० लाख डोज किन्ने निर्णय गरिसकेको थियो । थप २० लाख डोज खोप ल्याउने निर्णय भएको मन्त्री त्रिपाठीले बताए।

प्रतिखोपको चार डलरका दरले राष्ट्र बैङमार्फत पैसा पठाइने स्वास्थ्य मन्त्री त्रिपाठीले सेतोपाटीलाई बताए।

सेरमले काठमाडौंस्थित एयरपोर्टसम्म खोप ल्याइदिने सहमतिसमेत भइसकेको उनले बताए।

अब ल्याउने २० लाख डोज १० लाखलाई पुग्ने र त्यो खोप जेष्ठ नागरिकलाई लगाउने त्रिपाठीले जानकारी दिए।

खोप नि:शुल्क दिइनेसमेत उनको भनाइ छ। अरु प्रक्रियाबाट खोप किन्दा समय लाग्ने र अरु जटिलता हुने भएकाले स्वास्थ्य सेवा विभागले सोझै खरिद गर्न लागेको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ