४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इटालीका प्रधानमन्त्री ड्राघीद्वारा राहत योजना सार्वजनिक गर्ने तयारी

५ फाल्गुन २०७७, बुधबार ०७:२७

फागुन ५, रोम । इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोनाभाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधबार सार्वजनिक गर्ने तयारी गर्नु भएको छ । 

युरोपेली केन्द्रीय बैंक (इसिबी)का पूर्व प्रमुख समेत रहनु भएका प्रधानमन्त्री ड्रागीले विश्वासको मत लिनुअघि सिनेटमा सम्बोधन गर्नुहुनेछ । इटालीका सबैजसो प्रमुख राजनीतिक दलहरुले ड्रागीलाई समर्थन जनाइसकेकाले विश्वासको मत प्राप्त गर्न उहाँलाई कठिन हुने छैन । इटालीले ७३ वर्षीय अर्थशास्त्री ड्रागीबाट निकै बढी आशा गरेको छ । 

ड्रागीले इटालीको ३०औं प्रधानमन्त्रीका रुपमा शनिबार सपथ लिनु भएको थियो । करिब एक महिनाको राजनीतिक खिचातानीपछि ड्रागी इटालीको प्रधानमन्त्रीमा चयन हुनु भएको थियो । इटालीमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोनाभाइरसका कारण इटालीमाथि पनि चुनौती थपिएको छ । 

यसैबीच, इटालीको अर्थतन्त्र गत वर्ष झण्डै ९ प्रतिशतले संकुचित भएको छ । युरोपेली मुलुकका मुलुकहरुमध्ये इटालीको अर्थतन्त्रको संकुचन निकै खराब हो । यहाँ करिब चार लाख ५० हजारको रोजगारी गुमेको छ जसमा अधिकांश महिला र युवा छन् ।

फेब्रुअरी ३ मा प्रधानमन्त्रीमा चयन भएपछि दिनुभएको संक्षिप्त मन्तव्यमा प्रधानमन्त्री ड्रागीले मुलुकमा सामु उत्पन्न कठिन चुनौतीका दिनमा राष्ट्रिय एकताका लागि आग्रह गर्नु भएको थियो । 

इटालीले युरोपेली युनियनको कोरोनाभाइरस पुनरुद्धार कोषबाट २ खर्ब ४० अर्ब डलरभन्दा बढी रकम प्राप्त हुने आशा गरेको छ । तर यसको बदलामा इटालीले निकै कठिन वा अलोकप्रिय सुधारका कार्यक्रम अघि सार्नु पर्नेछ ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ