फागुन ७, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ११४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ६१९ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ पुगेको छ ।