२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो पटक विषादी अवशेषको अधिकतम सिमा निर्धारण, कुनमा कति ?

८ फाल्गुन २०७७, शनिबार ०३:११

फागुन ८, काठमाडौँ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरी गतमहिना २६ गते राजपत्रमा प्रकाशित गरेको हो ।

स्याउ, केरा, करेला, भन्टा बन्दा, कोभी, भिन्डी,आलु,टमाटर र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण छ । यसअघि अन्य खाद्य वस्तुमा गुणस्तर मापदण्ड निर्धारण जीवनाशक विषादीको सिमा निर्धारण गरेको भएता पनि हरियो तरकारी तथा फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको थिएन ।

राजपत्रमा प्रकाशित मापदण्ड अनुसार बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको छ  भने करेलामा १, भन्टामा २१ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सिमा तोकिएको छ । यसैगरी काउलीमा १३, भिण्डीमा ४, आलुमा ७१ ,स्याउमा २७, केरामा ४२ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको छ । यसैगरी चियामा १९ वटा अवशेषको अधिकतम सीमा तोकिएको छ । सरकारले निर्धारण गरेको सिमा भन्दा बढी विषादीको मात्रा प्रयोग गरेको देखिए खाद्य ऐन २०२३ अनुसार पाँच वर्ष कदै वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ । 

- यो समाचार आजको राजधानी दैनिक पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै