२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनिटाइजरको अधिक प्रयोग खतरनाक

२०७७, ९ फाल्गुन आईतवार ०३:१०

फागुन ९, काठमाडौँ | कोरोना महामारी  (कोभिड–१९)ले  'ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ ।

छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्,  “कोरोना सङ्क्रमण  मात्र  नभएर  विभिन्न सरुवा   रोगबाट   बच्न   ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पुर्याउनुपर्छ ।” 

हात धुन सम्भव भएको ठाउँमा सेनिटाइजरको  प्रयोग  गर्नु  गलत बानी भएको बताउँदै उनले विभिन्न रसायन  र  अल्कोहल  प्रयोग  गरेर तयार गरिने सेनिटाइजरले कतिपय अव‚थामा हानि गर्ने बताइन् ।

डा.  अमात्यले  सेनिटाइजरको काम  फोहोर  हातलाई  सफा  गर्नु मात्र नभएको प्रस्ट पार्दै भनिन्, “हात    फोहोर    भएको    बेला सेनिटाइजर  होइन,  साबुनपानीको प्रयोग  गर्नुपर्छ ।  सेनिटाइजर  प्रयोग गरिएको   २०   सेकेन्डपछि   मात्र कीटाणु मर्छ ।” 

- यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ