५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा बनेका १६ कोभिड १९ खोपलाई परीक्षणको अनुमति

९ फाल्गुन २०७७, आईतवार ०७:३१

फागुन ९, एजेन्सी । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । 

शनिबार सो निकायले दिएको जानकारीअनुसार चीन सरकारले यहाँका १६ ओटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ भने ती मध्येका छ ओटाको त परीक्षणको तीन चरण नै भइसकेको जनाइएको छ । 

यी मध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएको छ  र यसको धेरै तिर प्रयोग पनि भएको बताइएको छ । 

ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गएको डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका बताइएको थियो । त्यसैगरी चीनको औषधि व्यवस्थापन सम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरुलाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ । 

त्यसमार्फत ती खोपहरु चीनमा काम गर्ने र भाइरसको जोखिम रहेका समुदायका नागरिकलाई नै लगाइएको बताइएको छ । ती खोपहरु भने अरु कतिपय देशमा निर्यात पनि गरिएको बताइएको छ । –सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ