४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा खोप अभियान शुरु

१० फाल्गुन २०७७, सोमबार ०९:०५

फागुन १०, क्यान्बेरा । कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरु घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा शुरु भएको छ । अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ । प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ ।

अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ । उक्त समारोहमा अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्ट पनि उपस्थित थिए । गारान सर्ज सेन्टरमा कोरोनाभाइरसको परीक्षण गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइने एउटा केन्द्र हो ।

त्यस अवसरमा स्वास्थ्य मन्त्री ग्रेग हन्टले संवाददाताहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो धेरैभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई खोप दिन सरकार प्रयत्नशील रहेको बताए । दक्षिण अस्ट्रेलिया राज्यको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ । यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी छ । –सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित