५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कोरोना बिरुद्धको खोप अभियान सुरु,अफवाह फैलाए कारबाही गरिने चेतावनी

१३ फाल्गुन २०७७, बिहीबार ०६:१५

फागुन १३, काठमाडौँ । विश्व महामारीको रुपमा फैलिएको कोरोनाभारिस बिरुद्धको खोप अभियान मलेसियाले पनि सुरु गरेको छ । प्रधानमन्त्री हियाद्दिन यासिनले फाइजर तथा बायोएनटेकले उत्पादन गरेको खोप लगाए उक्त अभियान सुरु गरेका हुन् । 

स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनले कोरोना विरुद्दको खोप अन्य सामान्य ईन्जेक्सन जस्तै भएको र यसले कुनै दुखाई अनुभव नभएको बताएका छन् ।मलेसियाका प्रधानमन्त्री मुहियाद्दिनले सबैलाई खोप लगाउन आह्वान गर्दै आफूलाई खोप लगाएको बेलामा कुनै अप्ठ्यारो नभएको भन्दै कसैलाई पनि नआत्तिन र स्वाभाविक रुपमा खोप लगाउन अनुरोध गरे । 

यसअघि मलेसियाले फेब्रुअरी २६ देखि खोप अभियान सञ्चालन हुने बताए पनि एक दिन अगावै अभियान सुरु गरेको हो । मलेसियामा कोरोना विरुद्दको खोप निःशुल्क रुपमा विदेशी श्रमिकलाई दिइनु पर्ने विषयमा विवाद छ । विदेशी श्रमिकलाई पनि प्राथमिकताका साथ खोप दिइने समाचार सार्वजनिक भइरहेका बेला पहिले स्वदेशी नागरिकलाई खोप दिइएपछि मात्र विदेशीलाई खोप दिनुपर्ने माग सुरु भएको हो । 

यसको नेतृत्व श्रमिकको संगठनले नै गरेको छ । मलेसियन ट्रेड यूनियन कंग्रेस (एमटीयूसी) ले सरकारले पहिले स्वदेशी नागरिकलाई खोप दिइएपछि मात्र विदेशी श्रमिकलाई खोप लगाउन सुरु गर्नुपर्ने माग राखेको हो 

मलेसियाली सरकारले आफ्नो सुरक्षा गरौं, सवैलाई सुरक्षित बनाउँ अभियान अन्तर्गत आफ्नो मुलुकमा कार्यरत विदेशी श्रमिकलाई खोप दिने मलेसियाका सरकारी अधिकारीले बताएका छन् । 

स्थानीय संचारमाध्यमका अनुसार यसरी दिइने खोप निःशुल्क रुपमा उपलव्ध हुने र अवैधानिक रुपमा बस्दै आएकाहरुले पनि सो सुविधा प्राप्त गर्ने छन् । मलेसियाले आफ्नो नागरिकको संख्या भन्दा धेरै मात्रामा खोपको मात्रा उपलव्ध हुने र त्यसबाट त्यहाँ कार्यरत विदेशी श्रमिकलाई पनि खोप पुग्ने बताएको छ । 

खोपमा विदेशी श्रमिकलाई वेवास्ता गर्नु उनीहरु प्रति अन्याय हुने रोजगारदाताहरुको संगठनले बताएको छ । विदेशी श्रमिकलाई खोप नदिइएमा यसले मलेसियालाई कोरोना संक्रमणविहिन बनाउने अभियानमा धक्का यस्तै कोरोना विरुद्दको खोपका बारेमा गलत हल्ला फैलाउनेलाई कडा सजाय हुने मलेसियाली अधिकारीले बताएका छन् । मलेसियाली प्रहरी उपप्रमुखले त्यसरी हल्ला फैलाउनेलाई कानुनको कडा प्रावधान अन्तर्गत कारवाही हुने भन्दै यसमा समयमै सहज रहन भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन