2026-07-25 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो

फागुन १३, इजिप्ट । इजिप्ट सरकारले रुसद्वारा निर्माण गरिएको कोभिड १९ विरुद्धको खोप स्पुपनिक भि को प्रयोगका लागि अनुमति दिएको छ । रुसको सो कम्पनीले उत्पादन गरेको स्पुतनिक भि खोप आकस्मिक प्रयोगका लागि अनुमति दिएको बताइएको छ ।

 इजिप्टको औषधिसम्बन्धी निकायले यस खोपको आकस्मिक प्रयोगका लागि अनुमति दिएको अधिकारीहरुले जनाएका छन् । यहाँको औषधिसम्बन्धी निकायका प्रमुख सेन्ट्रल एड्मिनिस्ट्रेसन फर बायोलोजिकल एण्ड इनोभेटिभ प्रोडक्ट्स प्रमुख मोहमद यासिनले सो कुराको जानकारी दिनुभएको हो । 

उहाँका अनुसार सो औषधि सम्बन्धी निकायले रुसले निर्माण गरेको खोपलाई इजिप्टमा आकस्मिक प्रयोगका लागि अनुमति दिइएको जानकारी दिनुभयो । उहाँले इजिप्ट सरकारले यसअघि नै सो खोपको प्रयोगका लागि इजिप्टको प्रयोगशालाबाट अनुमति दिइसकिएको जानकारी पनि दिनुभयो । यहाँ यो खोप सबैभन्दा पनि यहाँका स्वास्थ्यकर्मीहरुलाई लगाइएको र त्यसपछि अरु क्षेत्रका मानिसलाइ दिइने योजना बनाइएको छ । तर पछि यो खोप यहाँका सर्वसाधारण नागरिकले पनि लगाउन पाउने छन् । 

उनीहरुका अनुसार यहाँका नागरिकले प्रति डोजको १२.८ अमेरिकी डलरका दरले लगाउन पनि पाउने भएका बताइएको छ । सरकारले यो शुरुको डोज यहाँका स्वास्थ्यकर्मी तथा आवश्यकताका आधारमा जोखिममा रहेका नागकिरलाई दिने छ भने अरु खोप सर्वसाधारणका लागि पनि दिइने बताइएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार शुरुमा यो खोप स्वास्थ्यकर्मी हुदै अरु आवश्यक परेका अथवा जोखिममा परेका नागरिकलाई दिइने छ भने त्यसपछि भने सर्वसाधारण नागरिकले पनि तोकिएको मूल्य तिरेर लगाउन पाउने भएका छन् ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक