४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

१३ फाल्गुन २०७७, बिहीबार ०९:३६

फागुन १३, वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी आपूर्ति प्रणालीलाई सुदृढ गरी उत्पादन उद्योग (म्यानुफ्याक्चरिङ) मा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यकारी आदेशमा बुधबार हस्ताक्षर गर्नु भएको छ । 

यो आदेशले खासगरी उच्च प्रविधियुक्त ब्याट्री, औषधि (फर्मास्युटिकल्स), अति महत्वपूर्ण खनिज तथा सेमिकन्डक्टर्सका क्षेत्रलाई सम्बोधन गर्नेछ । पछिल्ला वर्षहरुमा संयुक्तराज्य अमेरिका यी वस्तुको आयातमा बढी निर्भर हुन थालेपछि चिन्ता बढ्दै गएको थियो । 

अब अमेरिकालाई आवश्यक पर्ने यी वस्तुको उत्पादन देशभित्रै बढाउन कार्यकारी आदेशले सघाउने छ । बाइडेन प्रशासनले यी वस्तुलाई राष्ट्रिय सुरक्षा र आर्थिक जोखिमका दृष्टिबाट निकै महत्वपूर्ण रहेको जनाएको छ । 

साथै, राष्ट्रपति बाइडेनले मजबुत तथा भरपर्दो आपूर्ति प्रणाली सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारसँग पनि मिलेर कार्य गर्न चाहेको बताउनु भएको छ । कार्यकारी आदेशमा हस्ताक्षर गर्न ह्वाइट हाउसमा आयोजित समारोहमा राष्ट्रपति बाइडेनले भन्नुभयो, “यो सबै अमेरिकीको स्वाभाविक चाहना पनि हो, समाधानको एक विकल्प हो । हाम्रो आपूर्ति प्रणालीमा रहेका जोखिम न्यूनीकरण गर्नुपर्ने र वैकल्पिक व्यवस्थाका लागि अमेरिकाले ध्यान दिनैपर्ने अवस्था आइसकेको थियो ।” 

ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपतिको कार्यकारी आदेशले म्यानुफ्याक्चरिङ क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुने बताएका छन् । पछिल्लो समयमा अमेरिकी राष्ट्रपतिहरुले यस्तै प्रतिबद्धता व्यक्त गरेपनि मिश्रित नतिजा मात्र प्राप्त भएका छन् । 

अमेरिकी श्रम तथ्याँक विभागका अनुसार अमेरिकामा हाल एक करोड २२ लाख म्यानुफ्याक्चरिङ रोजगारी उपलब्ध रहेको छ जबकी सन् २००० को यस क्षेत्रमा एक करोड ७० लाख रोजगारी उपलब्ध थियो ।

बाइडेन प्रशासनले म्यानुफ्याक्चरिङ क्षेत्रमा कति रोजगारी सिर्जना हुन्छ भन्ने बारेमा प्रष्ट बताएको छैन । ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषदकी उपनिर्देशक समीरा फजिलीले म्यानुफ्याक्चरिङ क्षेत्रका कारण सेवा क्षेत्रमा पनि रोजगारी बढ्न सक्ने बताउनुभयो । 

राष्ट्रपति बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुअघि विपक्षी रिपब्लीकन र सत्तारुढ डेमोक्रेट पार्टीका सांसदहरुसँग परामर्श गरी सहमति गर्नु भएको थियो । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष अति महत्वपूर्ण खनिजको अमेरिकामै उत्पादन बढाउन एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको थियो ।

बाइडेनले देशका लागि निकै महत्वपूर्ण मानिसका क्षेत्रलाई देशभित्र बढावा दिन रिपब्लीकन र डमोक्रेट दुबै पार्टी सहमत रहेको बताउनुभयो । आफू राष्ट्रपति भएयताका पाँच हप्ताको अवधिमा यो निकै महत्वपूर्ण सहमतिमा हस्ताक्षर गर्न पाएकामा आफू निकै खुशी रहेको पनि बाइडेनले बताउनुभयो । 

टेक्सासबाट प्रतिनिधित्व गर्नुहुने रिपब्लीकन सिनेटर जोन कर्निनले राष्ट्रपतिसँग आफूले यस विषयमा वार्ता गरेको र राष्ट्रपति बाइडेन निकै प्रभावित हुनु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाइडेनले राष्ट्रिय मुद्दामा हामीसँगै छौं भन्नुभयो । हामी सबैले यो देशका लागि आवश्यक भन्नेमा सहमति जनायौं, र यो हाम्रो अर्थतन्त्रका लागि मात्र नभई हाम्रो राष्ट्रिय सुरक्षाका लागि पनि जरुरी थियो ।”

अमेरिकी उच्च प्रविधिका सेमिकन्डक्टरहरु पाँचौं पुस्ताको एफ–३५ विमानदेखि स्टिल्थ लडाकू बिमानदेखि मोबाइल फोनसम्म प्रयोग हुने गरेकाले यसको सुरक्षालाई अमेरिकाले नजरअन्दाज गर्न सक्दैन, सिनेटर कर्निनले बताउनुभयो ।

सिनेटमा बहुमत पक्षका नेता चक सुमरले अमेरिकी सेमिकन्डक्टर्स उद्योगको क्षमता पुनर्जीवित तुल्याउन आपतकालीन लगानी गर्नुपर्नेमा कङ्ग्रेसले विचार गर्नुपर्ने बताउनुभयो । एक अध्ययन अनुसार, चिनियाँ कम्पनीहरुले सन् २०१२ मा विश्वमै सेमिकन्डक्टर्सको कूल उपभोगको आधा हिस्सा ओगट्न थालेका थिए, र पछिल्ला वर्षहरुमा यसको माग अझ बढेको थियो किनभने चीनले विश्व बजारको झण्डै ९० प्रतिशत मोबाइल फोन, ६७ प्रतिशत साना स्मार्ट टेलिभिजन र ६५ प्रतिशत पर्सनल कम्प्युटर उत्पादन गर्न थालेको छ ।एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ