४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

१७ फाल्गुन २०७७, सोमबार ०८:१३

फागुन १७, वासिङ्टन । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । 

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । अमेरिकामा जोन्सन समेत तीन कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन् । यसअघि नै अमेरिकाले फाइजर र मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छ ।

अमेरिकामा हालसम्म पाँच लाखभन्दा बढी व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । राष्ट्रपति जो बाइडेनले कोभिड–१९ लाई परास्त गर्न खोप र अन्य सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाउनु भएको छ । 

एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको सङ्घर्ष अझै समाप्त भइनसकेको बताउनुभयो । अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ । 

राष्ट्रपति बाइडेनले जारी गर्नु भएको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको बताउँदै कोरोनाभाइरसले सिर्जना गरेको सङ्कट समाधान गर्न हामी सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ । 

बाइडेन प्रशासनका एक अधिकारीका अनुसार जोन्सनको खोप सबै राज्य, जातजाति, भूगोल तथा फार्मेसी र सामुदायिक स्वास्थ्य केन्द्रबाट उपलब्ध हुनेछ । उनले जोन्सनका खोपहरु मङ्गलबार बिहानैदेखि देशका विभिन्न भागमा आपूर्ति गर्न थालिने जानकारी दिए ।

अमेरिकामा हालसम्म ६ करोड ५० लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । जोन्सनको खोपलाई कम तापक्रममा पनि भण्डार गर्न सकिने र एक डोज मात्र लगाए हुने भएकाले यसको आपूर्ति व्यवस्था मिलाउन निकै सहज हुनेछ । 

क्लिनिकल ट्रायल (नमुना परीक्षण) मा जोन्सनको खोप संयुक्तराज्य अमेरिकामा ८५.९ प्रतिशत प्रभावकारी देखिएको थियो भने दक्षिण अफ्रिकामा ८१.७ र ब्राजिलमा ८७.६ प्रतिशत सफल पाइएको थियो । जोन्सनले यसअघि मार्चको अन्त्यसम्ममा दुई करोड तथा जुन महिनाको अन्त्यसम्ममा १० करोड डोज आपूर्ति गर्ने लक्ष्य राखेको थियो ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा