२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेलको मूल्यवृद्धिले ओपेक मुलुकबीच कोटा निर्धारणले तनाब

२०७७, १८ फाल्गुन मंगलवार १०:०३

फागुन १८, लन्डन । विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनैलाग्दा तेल उत्पादक मुलुकहरुबीच पुरानै विवादले तनाबको अवस्था सिर्जना हुन लागेको विज्ञहरुले बताएका छन् ।

संयुक्तराज्य अमेरिकापछि विश्वमा सर्वाधिक तेल उत्पादक राष्ट्रहरु रसिया र साउदी अरेबियाबीच विगतमा पनि उत्पादनको विषयलाई लिएर विवाद हुने गरेको छ । तर कोरोनाभाइरसका कारण कच्चा तेलको मूल्यमा गिरावट आएसँगै प्रमुख तेल उत्पादक राष्ट्रहरुले उत्पादनमा व्यापक कटौती गरेर बजारमूल्यलाई स्थिर राखेका थिए ।

अहिले विश्व बजारमा तेलको मूल्य कोरोनाभाइरस संक्रमण देखिनुअघिकै अवस्थामा आइपुगेको छ । अर्थात् बजारमा अहिले कच्चा तेलको मूल्य प्रति ब्यारेल ६५ डलरको हाराहारीमा पुगेको छ । त्यसैले आगामी साता दुई प्रमुख तेल उत्पादक राष्ट्रहरु र अरु साझेदार मुलुकहरुले आगामी कदमका बारेमा छलफल गर्न लागेका हुन् । उनीहरुबीच विश्व बजारमा कति कच्चा तेल पठाउने भन्ने विषय नै वार्ताको प्रमुख विषय बन्न लागेको छ ।बिहीबार आयोजना हुने उक्त मन्त्री स्तरीय बैठकमा तेल उत्पादनको कोटाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । 

“वार्तामा प्राथमिकताका विषयहरु स्पष्टै छन्ः रसियाले जतिसक्दो चाँडो तेल उत्पादनलाई विगतकै स्वरुपमा उत्पादन गर्न चाहन्छ भने साउदी अरेबियाले उच्च मूल्यमै केही समय तेल बेच्ने चाहना राखिरहेको छ,” सेब संस्थाका प्रमुख विशेषज्ञ बार्ने सिल्ड्रपले बताउनुभयो । 

कच्चा तेलको मूल्यको विश्व बजारमा माग बढी रहेको अवस्थामा ओपेकले आफ्नो उत्पादन कटौतीले “कृत्रिम अभाव” सिर्जना गर्न सघाउने र त्यसबाट मूल्यवृद्धि यथावत राख्न मद्दत गर्नेछ, स्टिफेन इन्सले बताउनुभयो ।

गत जनवरीमा आयोजित दुई दिनको मध्यस्थतापछि ओपेकका २३ सदस्य विश्व बजारमा तेलको आपूर्तिलाई केही सहज तुल्याउन सहमत भएका थिए ।

खोप अभियानको निरन्तरता र विश्वकै सर्वाधिक ठूलो तेल आयातकर्ता चीनमा माग बढेसँगै तेलको मूल्य पूर्व संक्रमण अवस्थामा पुगिसकेको छ । ओपेकमा निकै प्रभाव सिर्जना गर्ने साउदी अरेबियाले हालैका दिनमा उत्पादनमा थप कटौती गर्ने मनशाय व्यक्त गरेको छ । रियादले हालैमात्र प्रतिदिन १० लाख ब्यारेलले उत्पादन कटौती गर्ने निर्णय गरेको छ जबकी रसिया र कजाखस्तानले कच्चा तेलको उत्पादन केही बढाएका छन् ।

ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनको कोटालाई लिएर विगतदेखि नै विवाद हुने गरेको छ । यसपटक पनि यस मुद्दाले प्रमुखता पाउने विज्ञहरुको भनाई छ । 

इरान, भेनेजुएला र लिबियालाई ओपेकको कोटाबाट अलग्ग राखिएको छ । इराक र नाइजेरिया समेतका अन्य कतिपय मुलुकले भने तोकिएको कोटाभन्दा बढी तेल उत्पादन गरिरहेका छन् ।ओपेकका सदस्य राष्ट्रहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथि लागेका प्रतिबन्धहरु हटाउने सम्भावनाका बारेमा पनि विचारविमर्श गरिरहेका छन् । यदि इरानमाथिको प्रतिबन्ध हटेमा इरान विश्व बजारमा पुनः प्रवेश गर्ने र आपूर्तिमा नाटकीय रुपमा वृद्धि हुनेछ । 

बुधबार, नयाँ कोटा निर्धारण गर्नुअघि बस्ने मन्त्रीस्तरीय बैठकले बजारको बर्तमान अवस्थाको मूल्याँकन गर्नेछन् । एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ