२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

२०७७, १८ फाल्गुन मंगलवार १०:१४

फागुन १८, नाइजेरिया । अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन् । अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ । उनीहरुलाई सरकारी संरक्षणमा राखिएको सरकारी अधिकारीहरुले मङ्गलबार एएफपीलाई जानकारी दिएका छन् । 

“अपहरणमा परेका बालिका मुक्त भएको थाहा पाउँदा अन्त्यन्त खुशी लागेको छ,” जाम्फारा राज्यका गभर्नर डा बेलो मतावाले भन्नुभयो । उहाँले बालिकाहरु सकुशल फर्किनुमा अल्लाहको आर्शिवाद रहेको पनि बताउनुभयो । नाइजेरियामा बालिका अपहरणका घटनाहरु लामो समयदेखि हुँदै आएका छन् । 

अधिकारीहरुले यसअघि सयौंको संख्यामा आएका बन्धुकधारीहरुले दुर्गम जान्गेबे गाउँमा रहेको एक माध्यमिक विद्यालयबाट ३१७ जना बालिका अपहरण गरेको बताएका थिए । तर पछि यो संख्या २७९ रहेको जानकारी दिइएको थियो ।

भारी मात्रामा हातहतियार सहितका आपराधिक समूहले उत्तरपश्चिम र मध्य नाइजेरियामा हालैका वर्षहरुमा निकै उपद्रो मच्चाइरहेका छन् । उनीहरुले मानिसहरुलाई फिरौतीका लागि अपहरण गर्ने, बलात्कार गर्ने तथा लुटपाट गर्ने गरेका छन् । 

नाइजेरियाको सेनाले यस क्षेत्रमा सन् २०१६ देखि कारबाही गरिरहेको छ र सन् २०१९ मा बन्दुकधारीहरुसँग शान्ति सम्झौता पनि गरिएको थियो तर आक्रमणका घटना रोकिएका छैनन् । गत डिसेम्बरमा कन्काराको एक विद्यालयबाट ३०० भन्दा बढी बालक अपहरण गरिएको थियो । यो क्षेत्र राष्ट्रपति मुहम्मदु बुहारीको गृहराज्य काट्सिनामै रहेको छ । तर पछि ती बालकलाई अपहरणकारीले मुक्त गरेका थिए । 

तर चिबोकबाट जिहादी समूहले गरेको २७६ जना स्कुले बालिकाको अपहरण भने निकै डरलाग्दो थियो । सरकारी फौजको व्यापक कारबाहीपछि केहीलाई जिहादी समूहले मुक्त गरेपनि अझै पनि केही बालबालिका बेपत्ता छन् ।

लेगोसस्थित अनुसन्धान संस्था एसबी मार्गनका अनुसार सन् २०१६ को जनवरीदेखि मार्च २०२० को अवधिमा मात्र अपहरणकारीलाई एक करोड १० लाख डलर फिरौती बुझाइएको छ । इन्टरनेसनल क्राइसिस ग्रुपको अर्को अध्ययन अनुसार विद्यालयमा सुरक्षा खतरा रहेको भन्दै यस  अफ्रिकी क्षेत्रमै विद्यालय नजाने बालबालिकाको संख्या विश्वमै सबैभन्दा बढी छ ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित