१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँका यी स्थानमा बत्ती जाने

२१ फाल्गुन २०७७, शुक्रबार ०५:४२

फागुन २१, काठमाडौँ । शुक्रबारकाठमाडौँका विभिन्न ठाउँमा आज पनि बत्ती जाने भएको छ । उपवितरण केन्द्रअन्तर्गत फिडरहरुमा मर्मतको काम भइरहेकाले बत्ति जाने भएको हो । बालाजु वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र र बुढानीलकण्ठ उपवितरण केन्द्रअन्तर्गत फिडरहरुमा मर्मतको काम गरिने भएकाले लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बालाजु गोलढुङ्गा फिडर अन्तर्गत पर्ने शेषमति, गोलढुङ्गा, लोलाङ, चिसापानी, ओशो एरिया, तीनपिप्ले, ठूलाखोला, छत्रेदेउराली, जितपुर फेदिलगायतका क्षेत्रमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म बत्ती जाने भएको छ ।

यस्तै बुढानीलकण्ठ उपवितरण केन्द्रको शिवपुरी फिडरअन्तर्गतका डाँडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पञ्चेटार, मेगासिटी, ढलमलटारलगायत क्षेत्रमा बिहान १० बजेदेखि ५ बजेसम्म बत्ती जाँदैछ । पासिकोट क्षेत्रमा बिजुलीका पोलहरु सार्नुपर्ने भएकाले बिजुलीको लाइन काटेर काम गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

विद्युत मर्मतको काम गर्नुपर्ने भन्दै प्राधिकरणले पछिल्लो समय दैनिकजसो लाइन काट्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल