२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा सुरक्षा गार्डमा जीटुजी गर्ने तयारी

२०७७, २७ फाल्गुन बिहीबार ०२:२३

फागुन २७, काठमाडौँ | वैदेशिक रोजगारीका लागि खाडीको आकर्षक गन्तव्य मुलुक कतारमा सुरक्षा गार्डमा सम्झौता संशोधन गरी जीटुजी मार्फत नेपाली कामदार पठाउन सरकाले तयारी थाल्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारमा सुरक्षा गार्डका लागि जीटुजी प्रणालीमार्फत नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने तयारी सुरु गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले यस्तो जानकारी गराएका हुन् । आगामी सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपका लागि कतारलाई आवश्यक पर्ने नेपाली कामदार पठाउन जीटुजी मोडल अपनाउन छलफल भइरहेको उनले बताए । जसका लागि सरकार आफैले कतारमा सुरक्षा कार्डलगायत अन्य क्षेत्रका नेपाली कामदार पठाउन कतारका राजदूतसँग समेत छलफल गरेको मन्त्री चौधरीले जानकारी दिए ।

विगतका दिनमा कतारमा वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा म्यानपावर व्यवसायीद्वारा नेपाली कामदार पठाउँदै आएका थिए । तर, आगामी दिनमा सरकारले जीटुजीमार्फत कतार पठाउन सकेमा नेपाली कामदारलाई निकै फाइदा र राहत मिल्ने सम्बन्धित सरोकारवाला बताउँछन् । जीटुजीमार्फत नेपाली कामदार पठाउन सकिए श्रम शोषणमा पर्ने जस्ता समस्या विस्तारै हट्दै जाने दाबी उनीहरुको छ । 

- आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ