२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा सुरक्षा गार्डमा जीटुजी गर्ने तयारी

२७ फाल्गुन २०७७, बिहीबार ०२:२३

फागुन २७, काठमाडौँ | वैदेशिक रोजगारीका लागि खाडीको आकर्षक गन्तव्य मुलुक कतारमा सुरक्षा गार्डमा सम्झौता संशोधन गरी जीटुजी मार्फत नेपाली कामदार पठाउन सरकाले तयारी थाल्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारमा सुरक्षा गार्डका लागि जीटुजी प्रणालीमार्फत नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने तयारी सुरु गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले यस्तो जानकारी गराएका हुन् । आगामी सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपका लागि कतारलाई आवश्यक पर्ने नेपाली कामदार पठाउन जीटुजी मोडल अपनाउन छलफल भइरहेको उनले बताए । जसका लागि सरकार आफैले कतारमा सुरक्षा कार्डलगायत अन्य क्षेत्रका नेपाली कामदार पठाउन कतारका राजदूतसँग समेत छलफल गरेको मन्त्री चौधरीले जानकारी दिए ।

विगतका दिनमा कतारमा वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा म्यानपावर व्यवसायीद्वारा नेपाली कामदार पठाउँदै आएका थिए । तर, आगामी दिनमा सरकारले जीटुजीमार्फत कतार पठाउन सकेमा नेपाली कामदारलाई निकै फाइदा र राहत मिल्ने सम्बन्धित सरोकारवाला बताउँछन् । जीटुजीमार्फत नेपाली कामदार पठाउन सकिए श्रम शोषणमा पर्ने जस्ता समस्या विस्तारै हट्दै जाने दाबी उनीहरुको छ । 

- आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै